पल शाह पुनः दुई फिल्ममा अनुबन्धित
नायक पल शाह पुनः नयाँ फिल्ममा अनुबन्धित भएका छन् । फिल्म ‘मायाका रंगहरु’मा पल पक्का भएका हुन् । योसँगै उनी अन्य दुई फिल्ममा पनि अनुबन्धित भैसकेका छन् ।
‘मायावी’को छायाँकन सकाएका नायक पल शाह निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पुजार सार्की’मा अनुबन्धित भएका छन् । यस्तै उनी एभ्रेष्ट सुर्य बोहोराको फिल्म अवतारमा पनि साइन गरेको खबर छ । म्युजिक भिडियो र मेला महोत्सवमा व्यस्त पल अब भने फिल्मको छायाँकनमा व्यस्त हुने देखिएको छ ।
पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ पछिल्लो पटक प्रदर्शनमा आएको थियो । अब सम्भवतः पल अभिनित दिवाकर भट्टराई निर्देशित ‘मायावी’ प्रदर्शनमा आउनेछ ।