find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘गोर्खा वारियर’ बेलायतको बाफ्टा अवार्डमा छनोट

नेपाली फिल्म ‘गोर्खा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा चयन भएको छ । निर्देशक मिलन चाम्सले यो अवार्डमा नेपाली फिल्म चयन हुनुलाई नेपाली फिल्मको इतिहासमै एउटा ठुलो सफलताको रुपमा लिएको बताएका छन् । बेलायतमा आयोजना हुँदै आएको यो अवार्ड ओष्कार अवार्डपछि संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ ।

‘गोर्खा सैनिकलाई बेलायती नागरिकहरुले उच्च सम्मान दिँदै आएको अवस्थामा नेपाली चलचित्र गोर्खा वारियार बेलायतकै प्रतिष्ठित अवार्ड वाफ्टामा चयन हुनु नेपाली चलचित्र उधोगकै लागि गौरवको बिषय हो ।’ निर्देशक चाम्सले भने । यो अवार्डमा प्रदर्शनी गरिने फिल्महरुको सूची वाफ्टाले सार्वजनिक गरेको छ । यो अवार्डमा हलिउड सहित विभिन्न युरोपियन फिल्महरु पनि चयन भएका छन् । जसमा नेपाली फिल्म गोर्खा वारियरले यो अवार्डमा चयन भएको हो । यो अवार्डका लागि बेस्ट फिल्म, डिरेक्टर, एक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म विधामा फिल्म गोर्खा वारियरले प्रतिस्पर्धा गर्ने पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

अब यो अवार्डको लागि यी विधाहरुको लागि उत्कृष्ट पाँचको मनोनयन सूची अगाामी १८ जनवारीमा सार्वजनिक गरिने भएको छ । त्यसपछि मनोनयनमा परेका फिल्मका विभिन्न विधाबीच आउँदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर लन्डनमा यो अवार्ड आयोजना हुने भएको छ । फिल्म गोर्खा वारियरलाई नेपालमा भने आगामी फागुन वा चैतमा रिलिज गर्ने लक्ष्य रहेको निर्देशक चाम्सले जानकारी गराए ।

यो फिल्ममा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा समेत प्रदर्शन हुनेछ । फिल्मको लन्डनमा प्रिमियर गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha