‘उपहार’को दोश्रो गीत ‘मुटुको चार आना’ रिलिज
रेखा थापाको फिल्म उपहारको नयाँ गीत रिलिज गरिएको छ । मुटुको चार आना बोलको गीतमा अर्जुन पोखरेलको संगीत छ भने स्वर गायिका समिक्षा अधिकारी र गायक महेन्द्र विकले दिएका छन् । शब्द मुक्त उदासको छन् । गीत :
सार्वजनिक गीतमा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याललाई फिचर्ड गरिएको छ । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ’उपहार’को यो दोस्रो गीत हो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘उपहार’मा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाल लगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।