‘हात्तीछाप’ गीतमा ‘मायालु’ बने दया र उपासना
नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको फिल्म ‘हात्तीछाप’को ‘मायालु’ बोलको गीत सार्वजनिक गरिएको छ । हर्क साउदको शब्द रहेको गीतमा गायक प्रताप दास र गायिका ममता गुरुङको स्वर छ । उज्ज्वल सागरको संगीत रहेको यो गीतले प्रेमको भाषा भन्छ । गीत :
फिल्मको यो गीतमा दया र उपासनाको रोमान्टिक प्रेम छल्किएको छ । यो गीतको भिडियोले फिल्म भित्र उपासना र दयाबिच फैलिएको मायालाई देखाएको छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म माघको २६ गतेबाट रिलिज हुँदैछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्धाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायांकन छ ।