find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पर्खी बसेँ तिमीलाई’का निर्माताले नयाँ कलाकार किन लिए ?

राजाराम बुढाथोकीले निर्माण गरेको फिल्म ‘पर्खी बसेँ तिमीलाई’ माघेसङ्क्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुँदैछ । निर्माता बुढाथोकीले केही म्युजिक भिडियोसँगै ‘रक्षा’ नामक एक छोटो फिल्म निर्देशन गरेका छन् ।


यही फिल्म मार्फत किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । ‘पर्खी बसें’ झैँ यसपटक पनि निर्देशक दीपक श्रेष्ठले नयाँ कलाकार डेब्यु गराएका छन् । कमेडी र एक्सन फिल्मको संख्या बढिरहंदा निर्माता बुढाथोकीले प्रेम कथानकलाई दर्शक माझ ल्याउनु उपयुक्त रहेकाले सोही योजना अनुरुप फिल्म निर्माण गरेको बताए ।

‘कलाकार नयाँ भए पनि अभिनय हेर्दा वा प्रचार प्रसार सामग्री हेर्दा सबैले राम्रो भन्नु भएको छ । केही वर्ष आगाडि यहि नामबाट निर्देशक श्रेष्ठले डेब्यु गराउनु भएका कलाकारहरू स्थापित हुनुभयो । हामीले पनि सम्भावना बोकेका कलाकारलाई अवसर दिएका हौँ’, निर्माता बुढाथोकीले भने ।

उनले नयाँ प्रतिभालाई अवसर दिनु मेकरको दायित्व रहेको समेत बताए । पहिलो फिल्म भए पनि व्यावसायिक निर्माताहरुले भन्दा कम काम आफूले नगरेको उनी बताउँछन् ।

उनले निर्देशक श्रेष्ठलाई राम्रो फिल्म बनाउन प्रेरित गरेको र सहकार्य सम्भव भएको बताए । सिक्किम र नेपालको काठमाडौँ, ललितपुर, कालिन्चोक लगायतका रमणीय दृश्य छायांकन गरिएको फिल्मले आँखालाई शितलता दिने उनको भनाई छ ।

‘हामीले विशुद्ध प्रेम कथा लिएर आएका छौँ । अहिलेका पुस्ताको प्रेम, विछोड तर बेदनालाई देखाईएको छ । यसको पात्रसँग युवाले धेरै नै रिलेट गर्नु हुन्छ भन्ने लागेको छ’, निर्माता बुढाथोकीले भने ।

फिल्ममा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha