find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पर्खि बसें तिमीलाई’का निर्देशक श्रेष्ठको गुनासो

निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ मार्फत नयाँ कलाकारलाई ल्याउदैछन् । थियटरमा सातवर्षमा तेह्र बढी नाटकमा अभिनय गरिसकेका किरण श्रेष्ठ र सम्भावना बोकेकी रक्षा बुढाथोकी लिड रोलमा छिन् । उनीहरूको केमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । सार्वजनिक गरिएको प्रचार सामग्रीमा जोडीलाई राम्रो प्रतिक्रिया मिलेको छ । तर, तीन दशकको निर्देशकीय यात्रामा निर्देशक श्रेष्ठ खुसी छैनन् ।

उनले नयाँ कलाकारलाई प्रोत्साहन गर्ने शैली हराएको प्रति गुनासो गरे । ‘मैले अधिकाँस फिल्ममा कुनै नकुनै रुपमा नयाँलाई अगाडि ल्याएको छु, अवसर दिएको छु । उहाँहरू आज स्थापित भएको पाउँदा मलाई खुसी लागेको छ । तर, अहिले अवस्था फेरिएछ । नयाँ भएपछि सङ्घर्ष गर्नुपर्ने रैछ’, निर्देशक श्रेष्ठले भने । उनले फिल्म हलदेखि मिडियासम्मको सहयोग नपाएकोमा गुनासो गरेका हुन् ।

उनले दुवै स्थानमा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने नीतिको कमि रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘नयाँ कसैलाई चाहिएकै छैन । सबैको खोजाइ पुरानै छ । के अहिले स्थापित पुराना नयाँ थिएनन् ? म फिल्मकर्मी भएकाले नयाँलाई अवसर दिए तर खोइ प्रोत्साहन ? अब आगामी दिनमा नयाँलाइ किन अवसर दिनु ?’, निर्देशक श्रेष्ठले प्रश्न गरे । उनले नयाँलाई अवसर नदिएको वा नपाएको गुनासो धेरै सुनिने भएता प्रोत्साहन दिनेको निकै कमि रहेको भन्दै गुनासो गरे ।

माघेसंक्रान्ति लक्षित गर्दै पुस २७ मा प्रदर्शन हुने फिल्म प्रेम कथामा आधारित छ । यद्यपि यसले युवापुस्तालाई स्वभाविमानी बनाउनुका साथै प्रेममा आउने उतारचढाव र परिवारको दायित्वलाई देखाउने निर्देशक श्रेष्ठले बताए ।

अभिनेता किरण मण्डला नाटकघर हुँदै फिल्ममा आइपुगेका हुन् । उनले सातवर्षमा तेह्र नाटकमा अभिनय गरिसकेका छन् । यसै फिल्ममार्फत मुख्य अभिनेत्रीको रुपमा देखा पर्दै गरेकी अभिनेत्री रक्षाले अडिसन पास गरेर एक फिल्ममा काम गरिसकेपछि अहिले लिड रोलमा देखिएकी छिन् ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha