find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रदीप खड्कासँग स्क्रिन सेयर गर्ने इच्छा छ’ : रक्षा

यो शुक्रबारबाट नयाँ फिल्म ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा आउँदैछ । दिपक श्रेष्ठ निर्देशित फिल्ममा किरण श्रेष्ठ र रक्षा बुढोथोकीको मुख्य भूमिका छ । मुख्य हिरोइनको रुपमा रक्षाको यो पहिलो फिल्म हो । नव नायिका बुढाथोकीले नायक प्रदीप खड्कासँग फिल्म खेल्ने रहर व्यक्त गरेकी छन् ।


प्रदीप खड्कासँग स्क्रिन सेयर गर्ने रहर छ, तपाई अब कोसँग स्क्रिन सेयर गर्न चाहनु हुन्छ भन्ने प्रश्नमा रक्षाले भनिन् । सानैदेखि टिभीमा छाउने रहरले अभिनयमा होमिएकी रक्षा अहिले फिल्मको प्रचार प्रसारमा छिन् । पुस २७ गते रिलिज हुने यो रोमान्टिक-सोसल ड्रामाको बुकिङ समेत खुलिसकेको छ । यो फिल्ममा उनी आभा नामकी लभरगर्लको भूमिकामा छिन् ।

‘पर्खी बसेँ तिमिलाई’ प्रदर्शनमा आउँदै गर्दा एक्साइटेड महसुश गरिरहेकी रक्षाले सञ्चारमाध्यमसँगै कलेजमा समेत प्रचार प्रसार गरिरहेकी छिन् । ‘आभा भनेको यस्तो क्यारेक्टर हो, जसले एउटा मान्छेलाई एकदमै माया गर्छ । लोयल हुन्छ । आभाको लोयल स्वभाव र इमान्दारिता मसँग मिल्छ’,रक्षाले भनिन्,‘फिल्ममा मैले गरेको भूमिकाको विषयमा दर्शकको प्रतिक्रिया के कस्तो आउला भनेर कौतुहलता बढेको छ । एक किसिमले डर पनि लागेको छ ।’

यो फिल्मबाट मैले अभिनयका धेरै कुरा सिक्ने, अनुभव गर्ने अवसर पाएको बताउछिन् । फिल्ममा उनी उच्च घरानकी एउटा छोरीको भूमिका छिन् । जसलाई अभिभावकले एकदमै धेरै माया गर्नुहुन्छ । तर उनले एउटा साधारण पठाओ चालकलाई प्रेम गर्छिन् । उनी र पठाओ चालकको प्रेमको वरिपरि पुरै फिल्म घुमेको छ ।

उनका अनुसार कथावस्तु समाज र मान्छेसँग निकट छ । ‘एकदमै सान्दर्भिक कथा । यो हामीले देखेको वा भोगेको कथा हो, जसले गर्दा आफूमा ल्याउन र जोड्न गाह्रो भएन’, उनले भनिन् । आफूले निर्वाह गरेको आभा र आफूबीच धेरै कुरामा समानता रहेको रक्षाको बुझाइ छ । ‘यदि मेरो पुनर्जन्म भए आभाकै रोलमा जन्मिन चाहन्छु’, उनी भन्छिन्,‘जिन्दगीको वास्तविक घटनाले आभा बन्न मद्दत मिल्यो । आभाले जे फेस गरेको छ, रक्षाले पनि त्यही फेस गरेकाले सजिलो भएको हो ।’

लिड क्यारेक्टरमा हुँदा एक किसिमको प्रेसर उनले फिल गरेकी छिन् । तर उनले प्रेसरलाई च्यालेन्जको रूपमा हेरेकी छिन् । ‘फिल्म निर्माणको प्रोसेस के हो, कसरी बन्छ भन्ने थाहा नहुँदासम्म सजिलै होला भनने लाग्थ्यो । बाहिरबाट हेर्दा त घुम्न पाइन्छ, रमाउन पाइन्छ भन्ने लाग्यो । जब फिल्ममा होमिएपछि खान, बस्न, घरमा पुग्न र सुत्न कुनै पनि समयमा हुँदो रहेनछ । चिसो मौसममा हल्का, गर्मीमा बाक्लो पहिरन लगाउनुपर्ने रहेछ । अभिनय सोचे जस्तो सजिलो छैन, मेहनत गर्नु पर्छ र गरिरहेकी छु’,रक्षाले भनिन् ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha