बिराज भट्टका छोरा समिर ‘१२ गाउँ’ बाट हिरो बन्दै
एक्सन स्टार विराज भट्टका छोरा समिर भट्टले होम प्रोडक्सनमा बन्ने ‘१२ गाउँ’ बाट नायकको रुपमा डेव्यु गर्ने भएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत विराज भट्टले यस खबरको जानकारी दिएका हुन् ।
१२ गाउँबाट डेब्यु गर्दै समीर भट्ट, जय नेपाल, जय नेपाली सिनेमा, बिराजले आफ्नो असिसियल पेजमा समिरको सर्टलेस फोटो राख्दै लेखेका छन् । समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका छन् ।
समीरले मुम्बईमा किशोर-नमितकोबाट अभिनय प्रशिक्षण लिएका छन् । उनले भारतीय सिनेमाका लागि समेत प्रयास गरिरहेका छन् । बलिउड र दक्षिण भारतीय सिनेमामा डिमाण्ड भएपनि विराजले छोरालाई नेपाली सिनेमाबाटै डेब्यू गराउने चाहना भएकाले ‘१२ गाउँ’ बनाउन लागेको बुझिएको छ । पूणर्तया नेपाली भाषामा बन्ने यो सिनेमा अन्य भाषामा डब हुने सम्भावना पनि छ । फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहनेछ ।
फिल्मका लागि अर्जुन पोखरेलले संगीत तयार गरिरहेका छन् । यी गीतहरुमा बलिउड गायक/गायिकाहरुको स्वर रहनेछ । फिल्ममा उच्चस्तरको एक्सन पस्किने तयारीमा विराज रहेका छन् । बिराजले पछिल्लो पटक ‘साङ्लो’ निर्माण, निर्देशन र अभिनय गरेका थिए ।