‘एक्टर’बाट राजवल्लभ कोइरालाको अभिनयमा पुनारागमन
अभिनेता राजबल्लभ कोइराला फिल्म ‘एक्टर’ मा अनुबन्धित भएका छन् । फिल्ममा नायक प्रदीप खड्का र नायिका आना शर्मा यस अगाडी अनुबन्धित भैसकेका छन् । अभिनेता बल्लभ लामो समयपछि ‘एक्टर’बाट अभिनयमा फर्किएका हुन् ।
राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह-निर्मातामा एनिस भुसाल र सार्थक के.सी छन् । फिल्ममा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ ।
यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रीत बोहोरा सहयोगी निर्देशकको रुपमा छन् ।
फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको राजबल्भ कोइरालाले बताएका छन् । आना र प्रदीपकोे जोडी पहिलो पटक पर्दामा प्रस्तुत हुन लागेका हुन् ।