‘दयारानी’को ‘लाइदेउ छपक्कै’ रिलिज
प्रदर्शनरत फिल्म ‘दयारानी’मा समावेश लाइदेऊ छपक्कै बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा बिनोद बानियाँको संगीत र मन क्षेत्रीको शब्द छन् । स्वरमा बिनोदलाई गायिका मेलिना राईले साथ दिएकी छन् । गीत :
गीतको भिडियोमा अभिनेता दयाहाङ राई, बिजय बराल, श्रीषा कुँवर लगायत फिचर्ड छन् । माओत्से गुरुङ निर्देशित फिल्ममा अभिनेत्री दिया पुनले शिर्ष भूमिका निर्वाह गरेकी छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले सुरुवाती व्यापार सुखद् गर्यो ।