एक्सनले भरिपूर्ण ‘अगस्त्य : च्याप्टर १’ को ट्रेलर
सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य : च्याप्टर १’ को ट्रेलर रिलिज गरिएको छ । फागुन १८ गतेबाट प्रदर्शनमा आउने फिल्मको प्रोमो उत्कृष्ट बनेको प्रतिक्रिया बिहिबार आयोजित प्रेसमिटमा थियो । प्रोमो :
‘अगस्त्य : च्याप्टर १’ को प्रोमोमा अभिनेता सौगात मल्ल छाएका छन् । सौगातसँगै अभिनेता नाजिर हुसेन पनि नोटिस भएका छन् । प्रमोद अग्रहरी, मलिका महत, बेन बस्नेत, निश्चल बस्नेत लगायत अन्य कलकारहरुलाई प्रोमोमा देख्न सकिन्छ । फिल्मको प्रोमो एक्सन दृश्यले भरिपूर्ण छ ।
संजय लामाको छायाँकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् । राकेश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता रहेको फिल्मका कार्यकारी विश्व गौचन र अभिषेक चौधरी छन् ।