‘ऊनको स्वीटर’को शिर्ष गीतको पूरा अंश आयो
फिल्म ‘ऊनको स्वीटर’को शिर्ष गीतको पूरा अंश सार्वजनिक गरिएको छ । बुधबार भ्यालेनटाइन्सको अवसर पारेर तिमी जस्तै न्यानो, तिमी जस्तै शितल ऊनको स्वीटर बोलको गीत रिलिज गरिएको हो ।
फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंशले धेरैको मन जितेको थियो । सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूणर् अंश ६ महिना पछि रिलिज गरिएको हो । गीतमा शब्दहरु हर्क साउदले सृजना गरेका हुन् । भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले मोसन ग्राफिक्स मार्फत प्रस्तुत गरिएको छ ।
भिडियोमा तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छ । लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो। भारतीय मेकअप आर्टिस्ट अयाज् शेख फिल्मका मेकअप आर्टिस्ट हुन् ।
‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो । केही दिनअघि फिल्मको पहिलो पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको थियो ।
फिल्ममा विपीन र मिरुना प्रमुख भूमिकामा छन् । त्यसैगरी माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन्।