सौगात र बेनिशा स्टारर ‘सिटामोल’को सुट सकियो
अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित ‘सिटामोल’को छायांकन सकिएको छ । निर्देशक राज बहादुर सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सबै छायांकन सिन्धुलीमा सकएिको बताएका हुन् ।
फिल्मको छायांकन २५ दिनसम्म सिंन्धुलीमा गरिएको थियो । फिल्मको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले राम्रो बनेको निर्देशक सानेले बताए । अहिलेको अवस्थामा नै काम भएको खण्डमा तीजमा सिनेमा रिलिज लक्ष्य राखिएको निर्माण टिमले जानकारी दिएको छ ।
फिल्मको छायांकन सकिएपछि निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर समेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरले दर्शकमाझ फिल्मप्रति उत्साह पैदा गर्ने देखिन्छ । फिल्ममा उनीहरु श्रीमान-श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको बुझिएको छ ।
तुलसी देवी फिल्म प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् । फिल्ममा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।
‘सिटामोल’को अभिनेता सौगात मल्ल अभिनित फिल्म अगस्त्य च्याप्टर वन यही शुक्रबार फागुन १८ गतेदेखि प्रदर्शनमा आउँदैछ भने अभिनेत्री बेनिशा हमाल अभिनित फिल्म उपहार फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।