‘दुखी आत्मा’ मा आँचललाई दयाको ‘ब्रेकअप कविता’
फागुनको २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’मा समावेश गरिएको छ । कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु यो फिल्ममा समावेश छन् ।
जसमध्ये, यसको निर्माणपक्षले पहिलो कविता सार्वजनिक गरेको छ । जसलाई ‘ब्रेकअप कविता’को रुपमा सार्वजनिक गरिएको छ । कविता यस प्रकार छ : ‘माया, तिमी यसलाई एक घटना संझ । विन्ती यसलाई दुर्घटना नसंझ । संझ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।’
सार्वजनिक कवितामा दयाहाङ राइको आवाज सुन्न पाइन्छ । सार्वजनिक भिडियोमा उनी नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन् । आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन् । यसले, फिल्ममा दया कतै कविको भूमिकामा त छैनन् भन्ने पनि अड्कल लगाउन सकिन्छ ।
क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सुदिप बराल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।
फिल्ममा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ । यो फिल्मलाई निर्माणपक्षले एडल्ट ड्रामा भनेको छ । फिल्मको टिजर सार्वजनिक भएपछि यसको चर्चा ह्वात्तै बढेको छ ।