find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मिरुना मगर ‘रङ्गेली’को ‘जुनकिरी’ बारे के भन्छिन् ?

यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ’रङ्गेली’मा अभिनेत्री मिरुना मगर ’जुनकिरी’ चरित्रमा देखिदै छिन् । मिरुनाका अनुसार यो चरित्र फिल्म करियरकै अहिलेसम्मको फरक चरित्र हो । यो फिल्ममा उनी थारु युवतीको भूमिकामा प्रस्तुत भएकी छन् ।


जुनकिरी चरित्रमा अभिनय गरिरहँदा मिरुनाले समाजका धेरै पात्रहरूको प्रतिनिधित्व गरेको अनुभव भएको बताइन् । “जुनकिरी एकदमै स्वतन्त्र र आफ्नै बाटोमा हिँडिरहेकी पात्र हो । यस फिल्मका खलपात्रहरु जो ’ब्ल्याक एण्ड ह्वाइट’ नभईकन ’ग्रे’ जोनका छन्, उनीहरूको यात्रामा उसले आफैलाई एकदमै कठोर तरिकाले डिल गर्छिन् त ? यो फिल्ममा हेर्न पाइन्छ“, मिरुना भन्छिन् ।

स्क्रिप्ट पढ्दादेखि नै जुनकिरीको चरित्र विकासमा ध्यान दिएको उनी बताउँछिन् । “मैले आफैँले पात्र चित्रण गर्दा समाजमै भएको पात्रहरूलाई हेरेर उनीहरूको यात्रा, भावना र भोगाइलाई वास्तविक हिसाबले हेरेर त्यसलाई चलचित्रमा देखिने प्रयास गरेकी छु“, मिरुना भन्छिन्, “रङ्गेलीमा प्रमुख पात्रहरू विजय (दयाहाङ राई ), भगवान् दादा (अर्पण थापा), माने (प्रवीण खतिवडा) र यादव (रुपेश झा) मेरो जीवनमा जोडिने चरित्रहरू हुन् ।“

उनले यस फिल्ममा जुनकिरीको सम्बन्ध अन्य चरित्रसँग ’चाखलाग्दो’ र ’जटिल’ मान्छिन् । “उहाँहरू सबै सँगको जुनकिरीको यात्रा चाहिँ एकदमै जटिल छ । उनीहरूको यात्रासँग जोडिँदा दर्शकमा अब के हुन्छ, कता कता जान्छ, कसरी यस्तो हुन्छ भन्ने कौतुहलता सिर्जना गर्छ“, उनको बुझाई छ । उनले प्रायः चलचित्रमा महिला कलाकारलाई प्रेमको पात्रको रूपमा मात्र चित्रण गरिने भएता पनि यो चलचित्रमा आफ्नो चरित्र प्रेम भन्दा माथि रहेको बताइन् ।

“पात्रसँगको सम्बन्ध र त्यो पात्रसँग कथाभित्र के पाउन खोजिएको छ, त्यो कुरा बुझ्न र कथाका विकास गर्न केही समय लाग्यो । जुनकिरी चरित्र निर्वाह गर्दा आफ्ना भावनाहरू आफूभित्र नभोगेका कुराहरू नहुन पनि सक्थ्यो, त्यो भावना बाहिर निकाल्न मलाई अलिक गाह्रो भयो“, उनी भन्छिन्, “मैले वास्तविक जीवनमा त्यो अवस्था भोगेको छैन, तर मेरो चरित्रले भोगेको छ । मैले नदेखेको कुरा ल्याउनुपर्दा चाहिँ आफूलाई प्रस्तुत गाह्रो भयो ।“

मिरुनाको बुझाइमा फिल्म निर्वाह गरेको ’जुनकिरी’ चरित्रको आयामबाट दर्शकले धेरै कुरा प्राप्त गर्छन् । “जुनकिरी एउटा विश्वभित्र एक्लै लडिरहेकी हुन्छिन् । उसले आफ्नो जीवन अगाडि बढाइरहँदा आउने उतार चढावले जुनकिरीमाथि चुनौती थप्छ“, मिरुना थप्छिन्, “त्यो चुनौतीलाई डिल गर्दै जुनकिरी एकदमै दह्रो भएर अगाडि आउँछिन् । त्यो कुरा दर्शकले चलचित्र हेर्दा महसुस गर्नुहुनेछ ।“

उनले मानव जीवनमा र चरित्र निर्वाह गर्दा भोगेको समानान्तर अनुभव, अवस्था या देखिरहेको अवस्थालाई खोतलेर त्यहाँबाट प्राप्त भावनालाई आफ्नो चरित्रमा देखाउने प्रयास गरेको खुलाइन् । “अन्य चरित्रको जस्तै जुनकिरीलाई पनि पावर चाहिन्छ । उसले पनि धोका पाउँछे । दैनिक जीवनमा पनि मान्छेसँग पावर भयो भने आफूले गर्न चाहेको कुरा गर्न पाउँछन् । यो चलचित्रकी जुनकिरी चरित्रको कुरा पनि त्यही हो । यो दृष्टिकोणबाट हेर्दा जुनकिरीलाई पनि मैले नै उसको यात्रामा त्यसरी गाइड गर्न खोजेको बुझेको छु“, मिरुना प्रस्ट्याउँछिन् ।

’रङ्गेली’मा ’जुनकिरी’ चरित्र निभाइरहँदा समाजमा राम्रो र नराम्रो नभई ’ग्रे’ जोनमा बसिरहेको मान्छेहरूको जीवनमा कसरी ट्वीस्ट आउँछ भन्ने कुरा आफूले ’विजय’ र ’भगवान् दादा’को पात्रबाट देखेको बताइन् । “उहाँहरू कसरी त्यहाँसम्म आइपुग्नुभयो । त्यो विन्दुसम्म समाजले उहाँहरूको आफ्नो अनुभवले कसरी गाइड गर्दै गयो भन्ने कुरा नै बुझ्ने प्रयास गरेँ जस्तो लाग्छ । खल पात्र भनेको जसरी हामीले चित्रण गरिन्छ, जसरी समाजमा बुझिन्छ, त्यो भन्दा पनि किन भयो त, कसरी त्यहाँसम्म आइपुग्नु भयो र उहाँहरूले के हिसाबमा खल पात्र मानिनुभयो भन्ने कुरा नै सुरुमा नै मैले बुझ्ने प्रयास गरेकी हुँ“, मिरुना भन्छिन् ।

फिल्ममा ’जुनकिरी’को दह्रो उपस्थिति नै फिल्मको अर्को उल्लेख्य पक्ष रहेको मिरुनाको बुझाई छ । “जसरी हाम्रो समाजमा यस्तो हुनुपर्छ, यसरी गर्नुपर्छ भनेर कुराहरू आउँछ, त्यो सामाजिक विषयवस्तुलाई चरित्रले राम्रैसँग बोकेको छ । त्यो हुँदाहुँदै पनि मैले समाजसँग भन्दा पनि आफूले विश्वास गर्ने कुराहरू, मेरो मूल्य र मान्यतालाई धेरै फाइट गर्नु परेको थियो । मैले विश्वास गर्ने कुरा र जुनकिरीको जीवनमा हुने कुरा धेरै फरक छन् । त्यो विशाल बाटोमा एकदमै गहिरो तहमा नहुन सक्छ । जुनकिरीको यति धेरै छ कि ती सबै खोल्न पनि मिल्दैन । तर चलचित्र हेर्दा समाजमा हुने घटनाको र समाजमा हुने पात्रहरूको एउटा राम्रो उपस्थिति देखिन्छ“, मिरुनाले बताइन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha