find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘गोर्खा वारियार’का नायक जब प्रेसमिटमै रोए…

फिल्म ‘गोर्खा वारियर’का अभिनेता रितेश चाम्सले मँगलबार आयोजित मिट एण्ड ग्रिट समारोहमा आँशु रोक्न सकेनन् । रितेशले आफ्नो वास्तविक कथा सुनाउँदा प्रेसमिटमा सहभागी समेत भावुक भएका हुन् ।

आफु बेलायती सेनामा भएको र अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको घटना उनले यस अघि लुकाउँदै आएका थिए । युद्धको दर्दनाक पीडा उनले अहिलेसम्म खोल्न चाहेका थिएनन् । आफ्नो त्यो कालो इतिहाँस भएकाले सुरुमा उनले बताउन चाहेनन् । सञ्चारकर्मीको आग्रहमा उनको त्यो घटनाबारे निर्देशक मिलन चाम्सले केही खुलासा गरेपछि अभिनेता रितेशले आफ्नो कथा सुनाएका हुन् ।

‘म गाउँमा सामान्य परिवारमा जन्मेको हुँ । स्कुलको पढाई सकिएपछि बैदेशिक रोजगारीमा जाने निणर्य गरेँ । मसँग अमेरिका, अष्ट्रेलिया जाने पैसा नभएका कारण बेलायती सैनिकमा भर्ती लाग्नु बाहेक अरु विकल्प थिएन, त्यसैले म बेलायती सेनामा भर्ती लागेँ ।’

यसरी बेलायती सेनामा सिपाहींको रुपमा छानिएपछि नेपालबाट बेलायत जाने क्रममा रितेशले पहिलो पटक हवाईजहाज चढ्ने अबसर पाएका रहेछन् । त्यतिबेला आकाशमा यती ठुलो जहाज उडेको देखेर उनी छक्क परे । त्यो जहाज कसरी उड्छ भनेर उनमा कौतुहलता जाग्यो र भविष्यमा आफुले पनि जहाज उडाउने सपना उनले सोही दिन साँचे ।

‘बेलायती सेनामा केही वर्ष जागिर खाएपछि मैंले बिदा लिएर पाईलट कोर्ष गर्ने निणर्य लिएँ र त्यो कार्षको तयारीमा जुट्दै थिएँ । एक्कासी मलाई अफगानिस्तानको युद्धमा पठाउने निणर्य मेरो अफिसरहरुले गर्नु र त्यो निणर्यलाई मैले मान्नु बाहेक अरु बिकल्प थिए ।’ त्यतिबेला अफगानको युद्धमा ब्रिटिस गोर्खा सेनाका नेपालीहरुको मृत्यु र घाईतेको खबर आईरहेको थियो । तैपनि शिरमा कात्रो बाँधेर गोर्खालीहरुको इज्जत जोगाउन र कतव्र्य पुरा गर्न उनले अफगानिस्तान जाने निणर्य गरे ।

‘हामी अफगानिस्तानको मरुभूमिमा झर्दै थियौं, जताततै धुलो उडेको थियो । हाम्रो हेलीकोप्टरमाथि लगातार तालिवानले गोली बारुद बषाएका थिए । हेलिकोप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा मेरो तिघ्रामा कतीबेला गोली लाग्यो मैले वास्तै गरिन् । तिघ्रामा पालेको जस्तो लागेको थियो, एकछिनमा म रगताम्मे भएछु भने मलाई छाडेर हेलिकप्टर माथि आकाशमा उड्न थालेको थियो । तर माथिबाट एकजना अफिसरले मलाई तर लडेको देख्नु भएपछि उहाँहरुले सबैको ज्यान जोखिममा पारेर भएपनि मलाई त्यहाँबाट उद्दार गरेर हेलिकोप्टरमा लानु भएछ । म चार दिनपछि होसमा आउँदा अस्पतालको बेडमा थिएँ र मेरो एउटा खुट्टा नचल्ने अबस्थामा थियो ।’

यो सुनाउँदै गर्दा निकै भावुक हुँदै रितेशले भने,‘जब मलाई डक्टरहरुले अब तिम्रो एउटा खुट्टा चल्दैन भन्नु भयो, त्यतिबेला मैंले आफ्ना सबै सपनाहरु तुहिएको महसुुस गरेँ । अस्पतालबाट डिस्चार्ज भएर म यस्तो डिप्रेसनमा गएँकी मलाई सामान्य हुन तीन वर्ष लाग्यो । तर मैंले हिम्मत हारिन् । सबै प्रकारको थेरापी र आत्मविश्वासका कारण तीन वर्षमा म राम्ररी हिड्न सक्ने भएँ र सामान्य जीवनमा आएँ । त्यसपछि मैंले अमेरिकाबाट पाईलटको कोर्ष पुरा गरेर इन्टरनेशलन हवाई जहाज उडाउन थालेका हुँ ।’

डक्टरले उनलाई ‘डिसेबल’को प्रमाणपत्र दिएपछि बेलायत सरकारले पनि रितेशलाई सेनाबाट सोही प्रमाणपत्रको कारण अबकास दियो । तर रितेशले आत्मविश्वास गुमाएनन्,‘मैंले आफुलाई सामान्य नागरिकझैं प्रस्तुत गर्न तेक्वान्डो खेल्दै गएँ र आफुलाई शारीरिक एवम् मानसिक रुपमा फिट बनाएँ । अहिले म तेक्वादोमा थ्रि डान बन्न सफल भएको छु । मंैले सो क्रममा नेपालको आठ हजार मिटर माथिको हिमाल पनि चढेँ भने स्काई डाईभिङ पनि गरेँ । बेलायतबाटै अभिनयमा मास्टर डिग्री गरेपछि बल्ल म चलचित्र गोर्खा वारियरमा अभिनेता बन्न सफल भएको हुँ ।’

फिल्म ‘गोर्खा वारियर’ नै खेल्नुको कारणबारे रितेशले भने,‘मेरा हजुरबुबा पनि ब्रिटिस सेनाको सिपाही हुनुहुन्थ्यो र उहाँ मलायको युद्धमा घाईते हुनु भएको थियो । म पनि बेलायती सेना भएर अफगानिस्तानको युद्धमा घाईते भएको थिएँ । गोर्खा वारियरको कथा हजुर बुबाको, मेरो र हामीजस्ता कैयौं बास्तविक वारियर सिपाहीहरुको कथा थियो । जसरी भए पनि यो फिल्म खेल्नु पर्छ भनेर निर्देशकज्यूले भनेका सबै प्रकारका शारीरिक तथा मानसिक अभ्यासमा पास भएर यो फिल्ममा म छानिएको हुँ ।’

आँखाबाट आँसु पुच्दै अभिनेता रितेशले भने,‘युद्धदेखि जनयुद्धसम्म गोली लागेका हजारौं सिपाहीहरुको नेतृत्व गर्दै उहाँहरुको हौसला बढाउन पनि मैंले यो फिल्म खेलेको हुँ । गोली लागेर डाक्टरले डिसेबल भनेका हामीजस्ता योद्धाले त्यसपछि पनि आफुलाई समाजमा सक्षम रुपमा प्रस्तुत गर्न सक्छन भनेर देखाउनु पनि मेरो उदेश्य थियो ।’ आफ्नो नीजि पीडा अरुलाई किन सुनाउनु भनेर यो कुरा यस अघि लुकाएको उनले बताए । यसरी उनले आफ्नो पीडा सुनाउँदा कार्यक्रममा सञ्चारकर्मीको पनि आँखा रसाएको थियो ।

फिल्म गोर्खा वारियर देशभरका एक सय बीस भन्दा बढी हलहरुमा प्रदर्शन भईरहेको छ । फिल्मले पाँचौं दिन पनि राम्रो व्यापार गरिरहेको यसका निर्देशक मिलन चाम्सको भनाई छ ।
वितरक व्यबस्थापक करण क्रेजीका अनुसार शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले प्रदर्शनको ४ दिनमा १ करोड ५१ लाख रुपैयाँको व्यापार नेपालमा गरेको छ ।

सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको चलचित्र गोर्खा वारियरमा यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङ लगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha