सौगात मल्लले बुटवल पुगेर ‘अगस्त्य’ बारे के भने ?
सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य : च्याप्टर वन’ यो शुक्रबार, फागुन १८ गतेबाट प्रदर्शन हुँदैछ । प्रदर्शन मिती नजिकिएसँगै प्रचार प्रसारमा फिल्म युनिटले दौडधुप गरिरहेको छ ।
मंगलबार बुटवलमा प्रेसमिट गर्दै अभिनेता सौगात मल्लले फिल्मबारे बोलेका छन् । अगत्स्य सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म भएको उनको भनाई छ । मधेशमा पुगेर सौगात भन्छन्, तराईको भूभागसंगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको छ । फिल्मले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको छ । प्रेसमिटलाई चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले आयोजना गरेको हो ।
प्रेसमिटमा कलाकार विश्वास बस्नेतले फिल्म हेर्दा आनन्द लाग्ने र पुणर् कमर्शियल बनेकोले दर्शकले सौगात मल्लको पुनः नयाँपन देख्ने बताए । फिल्ममा सौगात र विश्वाससँगै नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् ।
फिल्मको छायाँकन भारत र नेपालका विभिन्न स्थलमा गरिएको छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन निर्देशक चौधरीकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् । सेभेन सिजले यसलाई अन्तर्राष्ट्रिय वितरण गर्दैछ ।