विराज भट्टको ‘१२ गाउँ’मा न्यान्सी खड्का हिरोइन
एक्सन स्टार विराज भट्टको ‘१२ गाउँ‘मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन् । खड्का मिस नेपाल इन्टरनेशनल-२०२२ हुन् । निर्माता तथा निर्देशक भट्टले यसको पुष्टि गर्दै अनुबन्धन सम्झौता भइसकेको बताए ।
विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन् भने उनले आमसंञ्चार विषयमाअमेरिकाबाट स्नातक गरेकी छन् । उनी केही समय अगाडि जापानमा भएको ‘मिस इन्टरनेश्नल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन। यसका अलावा न्यानसीले मानसिकस्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय रहँदै आएकी छन् । ‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो सिनेमाको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं‘, विराजले भने ।
यसै फिल्मबाट विराज आफ्ना छोरा समीर भट्टलाई डेब्यू गर्ने योजनामा छन्। त्यसैले फिल्ममा न्यान्सी कसको जोडी बन्छिन् भन्ने बारेमा निर्माण पक्षले हालसम्म केही खूलाएको छैन् । केही समय अगाडि विराजले छोराको तस्विर सार्वजनिक गर्दैै आफ्नो फिल्म छोराले नायकको रुपमा डेव्यु गर्ने घोषणा गरेका थिए । हाल प्रिप्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ‘ चैत १५ बाट छायाँकनमा जाने भएको छ ।
सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन् ।