हनी जोडीको ‘ह्रस्व दीर्घ’ अमेरिका र क्यानाडामा बिक्यो
अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ’ह्रस्व दीर्घ’ अमेरिका र क्यानडामा प्रदर्शन अधिकार विक्री भएको छ । फिल्म नेपालमा फिल्म आगामी वर्षको दशैंको पूर्वसन्ध्यमा असोज ११ गते रिलिज हुने घोषणा गरिएको छ ।
नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो फिल्मको प्रदर्शन अधिकार रमेश भट्टको एभ्रेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ-पिक इन्टरटेन्मेन्टले संयुक्त रुपमा लिएका हुन् । यो फिल्म भारतीय कलाकारहरुको लाइनअपका कारण चर्चामा छ । फिल्ममा ब्रम्हानन्दम, अलि तथा ‘गजनी’ फिल्मका खलनायक विजय रावतको समेत अभिनय रहेको छ । फिल्मका निर्देशक चन्द्र पन्त हुन् ।
हरिहर अधिकारीले लेखेको फिल्ममा हरिहर तथा नीताका अलावा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झा लगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।
फिल्मको पहिलो र दोस्रो तालिकाको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको (१० दिन) छायांकन भारतमा हुँदैछ । आफ्नो ब्यानरको पहिलो फिल्मलाई लिएर नीता उत्साहित छिन् ।