find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पूजा शर्मा भन्छिन्, ‘उपहारको चरित्रमा जोखिम मोलेको छु’

नायिका पूजा शर्मा यो शुक्रबारबाट रिलिज हुने फिल्म ‘उपहार’मा आफ्नै नाम पूजा चरित्रमा देखिँदैछिन् । दर्शकले आफुलाई यसअघि उनले अभिनय गरेका फिल्ममा भन्दा फरक चरित्रमा देख्ने पूजा दाबी गर्छिन् ।

‘फिल्ममा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निभाएकी छु । भन्नाले उसले गलत बाटो पनि अपनाउँछ । अहिलेका टिनएजमा भइरहेको घटनालाई म मार्फत देखाएको छु’, पूजा भन्छिन् ।

पूजाको अनुभवमा अहिलेको समयमा विशेषत युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्ने मै छ । ‘उपहारमा पूजाले पनि जस्तो सुकै काम गरेर भए पनि पैसा कमाउनुपर्यो भन्ने सोच राख्छे । तर उसमा आफूले गलत काम गरिरहेको छु र गलत काम गर्नुहुँदैन भन्ने सोच पनि हुन्छ’, आफ्नो फिल्मी चरित्रबारे पूजा खुल्छिन् ।

पूजाका अनुसार उनीबाहेक धेरै अभिनेत्रीलाई ‘पूजा’ चरित्र निभाउन प्रस्ताव गरिएको थियो । तर अधिकांशले त्यो चरित्र निर्वाह गर्न चाहेनन् । अन्ततः त्यो चरित्र निभाउने जिम्मा पूजाकै काँधमा आइलाग्यो ।

‘अन्तिममा बेनिशालाई यो कथा सुनाउँदा उसले ‘दिदी यो कथा मलाई सुहाउँदैन’ भनेपछि मैंले यो चरित्र निभाएँ । खासमा बेनिशाको क्यारेक्टर मैंले गर्न लागेको थिएँ । तर बेनिशाले ‘पूजा’को चरित्र नगर्ने भएपछि अन्ततः मैंले नै निभाएँ’, पूजाले भनिन् ।

पूजाको अनुभवमा मान्छेहरु फिल्ममा अभिनय गर्दा आफूलाई नकारात्मक भूमिकामा देखाउन चाहँदैनन् । त्यसकारण पनि अन्य अभिनेत्रीहरुले ‘पूजा’ चरित्रलाई अस्वीकार गरे ।

‘एउटा कलाकार भएपछि जुनसुकै चरित्र निभाउनुपर्छ । यो मेरो लागि नयाँ चिज हो भन्ने मलाई भयो । मैले चरित्रमा जोखिम नै मोलेको हो’,पूजा भन्छिन्, ‘तर मेरो अपोजिटमा शिशिर राणा हुनुहुन्छ भन्ने थाहा पाएपछि मलाई यो चरित्र निभाउन सहज भयो । किनकी उहाँ मेरा लागि अभिभावक हो र पहिलादेखि पनि सहकार्य गरेकाले सहज भयो ।’

हरेक फिल्ममा सकारात्मक भूमिकामा मात्र देखिने पूजा आफैंलाई पनि नकारात्मक चरित्र मन पर्दैन । ‘यो चरित्र निभाइरहँदा कस्तो नराम्रो देखिँदो रहेछ भन्ने पनि भयो । तर कलाकारले जस्तो पनि क्यारेक्टर निभाउनुपर्छ । अहिले पुरुषका लागि बोलिदिने कोही छैनन् । तर नारीका लागि मिडियाहरु यति सहयोगी भइदिए कि उनीहरु मिडियामा खुलेर आफ्नो कुरा राख्न सक्छन्’, उनी भन्छिन् ।

पूजाका लागि ‘पूजा’ चरित्र उत्तिकै चुनौतिपूणर् पनि बनेको रहेछ । किनकी यो चरित्रमा उनीबाहेक कोही पनि अभिनेत्रीले काम गर्न चाहेका थिएनन् । ‘यस्तो चरित्र भएको मान्छे समाजमा धेरै देखेको छु । उनीहरुलाई यस्तो काम नगर भनेर सल्लाह पनि दिने गरेकी छु’, उनी भन्छिन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha