find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दया र मिरूना ‘रङ्गेली’को प्रिमियरमा रुकुमदेखि आए

फिल्म ‘रङ्गेली’को प्रिमियर शो आयोजना भएको छ । बुधवार बेलुकी काठमाडौंको कमलपोखरीस्थित बीग मुभिजमा आयोजना भएको प्रिमियरमा यसका प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगर आकर्षणको केन्द्रमा रहे ।


दयाहाङ र मिरुना यही प्रिमियरको लागि रातारात रुकुमको तक्सेराबाट काठमाडौं आइपुगेका थिए । त्यहाँ फिल्म ‘घरज्वाईं’को छायाङ्कनमा रहेका कलाकार द्वयसँगै छायाकार सुशन प्रजापति पनि प्रिमियरको लागि रुकुमबाट आएका थिए । दया र मिरुनाले यो फिल्म आफ्नो करियरको लागि कोशे ढुङ्गा सावित हुने बताउँदै आएका छन् ।

प्रिमियरपछि फिल्ममा दयाको ग्याङस्टर चरित्र र मिरुनाको अप्रत्याशित भूमिकाको प्रशंसा भएको छ । अर्जुन सुवेदीले पहिलो पटक लेखन तथा निर्देशन गरेको यो चलचित्रबाट उनले नेपाली चलचित्र उद्योगले गतिलो निर्देशक पाएको भन्दै प्रशंसा भएको छ । निर्धारित समयभन्दा केही ढिलो प्रिमियर प्रदर्शन सुरु भएता पनि पत्रकार तथा चलचित्रकर्मीसहित झन्डै चार सय पाहुनाले राती ११ बजेसम्म बसेर ‘रङ्गेली’ हेरेका थिए ।

प्रिमियरमा चलचित्रको क्लाइमेक्स र यसको अन्त्यमा सबैले वाह वाही गरेका थिए । अप्रत्याशित रूपमा अन्त्यमा आउने पात्र (आर्यन सिग्देल)को दमदार केमियोको व्यापक चर्चा भएको छ ।

प्रिमियरमा सहभागी हुँदै दयाले भने, “हामी मङ्गलवार राती ११ बजेतिर मात्र रुकुमबाट हिँडेका थियौँ । मिरुना २ दिनदेखि बिरामी थिइन् । बाटोमा विभिन्न समस्याहरू झेल्दै प्रिमियरकै लागि भनेर अनिदो अवस्थामा आइपुगेका छौँ । यो फिल्मबाट निकै आशा छ ।’ एउटै भूमिकामा देख्दै आएका दर्शकले आफूमा नयाँ चरित्र देख्ने बताउँदै दयाले आफूले सधैँ पात्रको इमोशन र दर्शकलाई ‘कनेक्ट’ गराउने प्रयास गर्ने गरेको बताए । “यसमा पनि मैले सोही कोसिस गरेको छु । मेरो चरित्रमा आफू पावरमा आउनको लागि गरिएका कामहरू र मानवताको प्रदर्शन छ”, उनले बताए ।

बिरामी र अनिद्रामा रहेकी मिरुनाले फिल्म हेर्न थालेपछि निद्रा सबै हराएको प्रतिक्रिया दिइन् । फिल्म हेरिसकेपछि मिरुनाले दयालाई फरक भूमिकामा हेर्दा गज्जब लागेको बताइन्, “उहाँले गहिरो रूपमा पात्रलाई केलाएर अभिनय गर्नुहुन्छ । उहाँले यसमा ग्रे जोनमा बस्ने पात्रको अभिनय गरेर एकदम राम्रो काम गर्नुभएको छ ।” उनले शालीन जुनकिरी (मिरुना)बाट शक्तिशाली जुनकिरी बन्दै जाने यो चलचित्रको स्क्रिप्ट पढ्ने बित्तिकै काम गर्न उत्साहित भएको स्मरण गरिन् ।

फिल्मका निर्देशक सुवेदीले आफूले चलचित्रमा भन्न खोजेको विषयलाई इमानदारीताका साथ ‘रङ्गेली’मा प्रस्तुत गरेको बताए । प्रिमियरमा हेर्नेहरूबाट प्राप्त प्रतिक्रियाबाट आम दर्शकको रोजाइमा यो चलचित्र पर्छ भन्नेमा विश्वास रहेको उनले जनाए ।

बुधवारदेखि नै रङ्गेलीको अग्रिम टिकट बुकिङ खुल्ला भइसकेको छ । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाँकार सुशन प्रजापति हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha