शुक्रबार र शनिबार ‘रंगेली’ हेर्न उलेख्य दर्शक
फिल्म ‘रङ्गेली’ को सुखद् सुरुवात भएको छ । फिल्मले शुक्रबार र शनिबार उपत्यका तथा मोफसलका हलहरुमा हाउसफूलको व्यापार गरेको वितरक गोविन्द शाहीले दाबी गरेका छन् ।
बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि दिउँसोका प्रायः शोमा हाउसफुल दर्शक रहेको शाहीले बताए । शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी देखिएकोमा शनिवार पनि सोही अनुपात कायम रहेको वितरकको भनाई छ अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् ।
शनिवार काठमाडौंको बिग मुभिजमा प्रमुख अभिनेता अर्पण थापा दर्शकसँग प्रतिक्रिया लिन पुगेका थिए । सो क्रममा फिल्मको पात्र ’भगवान् दादा’को रूपमा आफूलाई रुचाइएकोमा उनी प्रसन्न देखिए । उनले आफूले जहिले पनि चलचित्रको अन्तर्यमा पुगेर अभिनय गर्न चाहने जिकिर गरे । फिल्मका निर्देशक अर्जुन सुवेदीले फिल्मको ‘सेकेन्ड हाफ’को ‘ट्विस्ट एन्ड टर्न’लाई दर्शकले मन पराएको प्रतिक्रिया पाएको बताए ।
यस्तै, शनिवार ’रङ्गेली’ हेर्न पुगेका वरिष्ठ अभिनेता सरोज खनाल, अभिनेत्री केकी अधिकारी, अभिनेता प्रमोद अग्रहरी, निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलाले ’रङ्गेली’ राम्रो रहेको प्रतिक्रिया दिए । फिल्ममा अभिनेता दयाहाङ राई, अर्पण थापा, प्रविण खतिवडा, अभिनेत्री मिरुना मगरको मुख्य भूमिका छ ।