find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बिशेष शोमा ‘सतीदेवी’ हेरेर रोए दर्शक !

लक्ष्मण सुवेदी लिखित, निर्मित तथा निर्देशित फिल्म ‘सतीदेवी’ हेरेर दर्शक रोएका छन् । गत बुधबार दमौलीको क्युएफएक्स सिनेमामा बिशेष प्रदर्शनी गरिएको थियो ।

फिल्म हेर्न मध्ये नपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ,स्थानीय श्री सृजनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे तथा स्थानीयबासीको बाक्लो उपस्थिति थियो । मेयर पाण्डेले ‘सतीदेवी’ आफूलाई मन परेको बताउँदै आफू र आफ्नो नगरपालिकाबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

खचाखच दर्शकले भरिएको हलमा फिल्म सुरु भएदेखिनै साक्कसुक्क आवाज आइरहेको थियो । फिल्म सकिएको केही समयसम्म पनि दर्शक रोएर सिटमै बसिरहेका थिए । मध्यनेपाल नगरपालीका वडा नं ३ का अध्यक्ष केशब न्यौपाने,वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ,वडा नं ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नं ९ का अध्यक्ष महेशकुमार पाण्डेलगायत जनप्रतिनिधिहरु समेत उपस्थिति शोमा सतप्रतिशत दर्शकले फिल्म औधि मन परेको प्रतिक्रिया दिए ।

वडा नं ५ का अध्यक्ष गुरुङले ‘सतीदेवी’ आफूलाई अत्यन्तै राम्रो लागेको बताउँदै यसप्रकारका मौलिक, वास्तवीक स्थिति छर्लङ्ग पार्ने बिषयका चलचित्र अझै धेरै बन्नुपर्ने धारणा राखे । खैरिनीटारका स्थानीय मिनबहादुरले ‘सतीदेवी’ अहिलेसम्म निर्माण भएका नेपाली चलचित्र मध्य सबैभन्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिए भने दमौलीका एक दर्शकले छोरा छोरीबीच हुने गरेको बिभेदको अन्त्य गर्न यो चलचित्रले ठूलो भूमिका खेल्ने दावी गर्दै यो चलचित्र सारा बिश्वले हेर्नुपर्ने धारणा राखे । एक युवती दर्शकले ‘सतीदेवी’ हेर्दा आफू २०-२२ ठाउँमा भक्कानीएर रोएको बताउदै अबका दिनमा म छोरी मान्छे हुँ भनेर कम्जोर मानसिकता नराख्ने र आफ्नो परिवारका लागि जस्तोसुकै संघर्ष गर्न पनि पछि नहट्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिब रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ को चर्चाप्रति केही दिन अघि सूचना तथा संचारमन्त्री रेखा शर्माले समेत चासो देखाएर निर्देशक सुवेदीसँग जानकारी लिएकी थिइन् । उनले ‘सतीदेवी’ लाई सरकारी तवरबाट समेत सक्दो सहयोग गरिने प्रतिबद्धता जनाएकी थिइन् ।

दिलासा,सारा र श्रीदेवी सुवेदी निर्माता रहेका ‘सतीदेवी’ पछिल्लो समय निकै चर्चामा छ । दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मलिका महत,हर्षिका वली,मञ्जिला बानियाँ,कुलबहादुर अधिकारी,रमेश बुढाथोकी,सृजना अधिकारी,सन्दिपबाबु लोहनी,सुजीता शिवाकोटी,भोला सापकोटा,मनिषा सापकोटा,सन्देश लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन् ।

बाबु श्रेष्ठले खिचेको फिल्ममा रामजी लामीछानेको कोरियोग्राफी,दीपक शर्मा र सुवास भुसालको संगीत अनि देव महर्जनको एक्शन छ । फिल्मको प्रदर्शन मिति केही सातामा सार्वजनीक गरिने निर्देशक सुवेदीले जनाए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha