find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘महाजात्रा रमाइलो छ’ : हरिवंश आचार्य

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म महाजात्रा चैत ९ गतेको लागि प्रतिक्षित छ । फिल्म प्रतिक्षित हुनुको अर्को कारण अभिनेता हरिवंश आचार्य जोडिनु पनि हो । ‘महाजात्रा’ मा अभिनेता आचार्य राजनीतिज्ञको भूमिकामा प्रस्तुत छन् ।

स्वच्छ र सरल छवी निर्माण गरेका अभिनेता आचार्यले यसपटक भ्रष्ट राजनीतिज्ञको कार्यशैलीलाई फिल्ममा प्रस्तुत गर्दैछन् । यसै सन्दर्भमा अभिनेता आचार्यसँग गरिएको ‘महाजात्रा’ संवाद पढ्नुस् :

तपाइँलाई राजनीतिज्ञको नकारात्मक भूमिका निर्वाह गर्न के कुराले आकर्षित गर्यो ?
म आफूले निर्वाह गरेको भूमिकामा भन्दा फरक गरौँ भन्ने सोच राखेर काम गर्छु । सोही कारण पनि नयाँ र फरक भूमिकामा मेरो प्राथमिकतामा पर्छ । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक सन्देश पनि प्रवाह गर्छ । यस्तो कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ । यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ ।

प्रदीप भट्टराईले निर्देशन गर्नु भएकै कारण विश्वास बढेको हो ?
एउटा कारण प्रदीप पनि हुन् । उनले हामीसँग मह सञ्चारमा लामो समय मुख्य सहायक निर्देशक र निर्देशक भएर काम गरे । उनीसँग दुई फिल्ममा पनि काम गरिसकेको हुँदा म उनको कामप्रति ढुक्क छु । मलाई उनले पात्रको बारेमा सुनाएपछि मैंले सहमति दिएँ । किनकि उनले कस्तो काम गर्छन् भन्ने मलाई दुई दर्शकदेखि थाहाँ छ । मैले फिल्म गर्छु भन्दा पूणर्रुपमा स्क्रीप्ट पनि पढेको थिइन् । किनकि उसका कथाले समाजलाई मनोरञ्जनसँगै संदेश दिईरहेका हुन्छन् । साथै, प्रदीपले फिल्म प्रस्ताव गर्दा नाई भन्ने सायदै होलान् जस्तो पनि लाग्छ ।

‘महापुरुष’ पछि दर्शकको अपेक्षा तपाईंप्रति बढेको छ, त्यसलाई यसले पुरा गर्छ ?
अवश्य गर्छ । किनकि फिल्मको सम्पूणर् कुरा जोडिएको पात्र म नै हुँ । मेरो नकारात्मक भूमिका दर्शकलाई नयाँ पनि हुनेछ । फिल्ममा महाजात्रा नै मेरो कारणले हुन्छ । मलाई प्रस्ताव गर्दा नै महाजात्रा गराउनु तपाइँ चाहिन्छ भन्नु भएको थियो । भूमिका त्यहि अनुरुप छ ।

तपाईले बुझ्नु भएको ‘महाजात्रा’ के हो ?
जात्राकै शृङ्खला हो । यो रमाइलो छ । यसमा बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने सङ्घर्ष, देशमा केही गरौँ भन्ने युवाको दैनिकी, राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास लगायतका पक्ष छन् । उल्लेखित कुराहरू सिरियस छन्, जसलाई मनोरञ्जनात्मक प्रस्तुतीमार्फत पर्दामा ल्याईएको छ । बेरोजगार युवाहरूले सर्टकट खोज्दा भोग्ने प्रतिस्थिति पनि छ । यो गम्भीर विषयको रमाइलो प्रस्तुती हो ।

तपाईलाई कुनै भूमिका प्रस्ताव हुँदा के कुरामा बढी ध्यान दिनुहुन्छ ?
मैले फिल्मको विषयवस्तु हेर्छु । त्यसपछि मेरो भूमिकाको कथामा आवश्यकतालाई हेर्छु । अनि फिल्म निर्माण गर्ने टिमले पछिल्ला काम कस्तो गर्नुभएको छ र मलाई कुन किसिमको प्रस्तुतीकरणमार्फत प्रस्तुत गर्दै हुनुहुन्छ, ती सब हेरेर मैले फिल्म गर्ने वा नगर्न निणर्य लिन्छु । यो प्रदीप भट्टराईमा भने लागु हुँदैन, किनकि उनीसँग दुई दर्शक बढी काम गरेकाले म हरेक पाटोमा विश्वस्त हुन्छु ।

फिल्ममा अभिनय गरिरहनुभएको छ, निर्माणको योजना के छ ?
अहिले फिल्म निर्माण भन्दा पनि अभिनयमै केन्द्रीत छु । म राम्रो निर्माण समूहसँग काम गर्ने योजना अनुसार अभिनयमै केन्द्रीत छु । त्यसैले अहिले निर्माणमा केही समय लाग्छ । अहिले मलाई अभिनेताकै रुपमा पाउनु हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha