find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘उपहार’को नयाँ गीत : दर्शक भेट्न बनेपा पुगिन् पूजा

प्रदर्शनरत फिल्म उपहार युनिट सोमबार बनेपाको शुभकामना हलमा पुगेको थियो । जहाँ फिल्म हेर्न हाउसफूल दर्शक उपस्थित थिए ।

नायिका पूजा शर्मा फिल्म रिलिज भएपछि हरेक दिन दर्शकको प्रतिक्रिया बुझ्न हल-हल पुगिरहेकी छन् । यही क्रमलाई निरन्तरता दिँदै उनी सोमबार फिल्मको टिमसहित बनेपाको शुभकामना हल पुगेकी हुन् । शुक्रबार र शनिबार उपत्यकाका हलमा दर्शकमाझ अन्तरक्रिया गरेकी पूजा सोमबार बनेपा पुगेकी हुन् । फिल्म हलमा नायिका पूजा शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा, कलाकार अंशु थापा, वितरक करण श्रेष्ठ ‘क्रेजी’ लगायतको टोली पुगेको थियो ।

शुभकामना हलका सञ्चालक दुर्गा प्रधानले सोमबार फिल्म राम्रो चलेको बताए । फिल्मको टिम नै हलमा आएपछि भोलिदेखि हलमा अझ अकुपेन्सी बढ्नेमा आफू ढुक्क रहेको दाबी गरे । रेखा फिल्मस र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।

फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

मंगलबारै ‘उपहार’को ‘खाडीमा भेटौंला’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतमा रेखा थापा, मुकुन भुषाल र राइडर प्रशान्त फिचर्ड छन् । फिल्मले सफल व्यापार समेत गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha