find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

’सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना अनुबन्धित

नायक पुष्पल खड्का फिल्म ’सिड्नी ब्लुज’मा अनुबन्धित भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पलले कागजी सम्झौता गरेका छन् । फिल्मलाई शङ्कर कार्कीले निर्देशन गर्न लागेको हुन् ।


हाल प्रि-प्रोडक्सनमा रहेको यो फिल्ममा पुष्पलसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको प्रमुख भूमिका रहने छ । शिवले यसै फिल्म मार्फत नेपाली फिल्ममा डेब्यु गर्दै छन् । जुन २०२४ को पहिलो हप्ताबाट छायाङ्कनको लक्ष्य रहेको यस फिल्ममा आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन विताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताए । “अष्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो फिल्म मार्फत भन्ने प्रयास गर्नेछु,“ निर्देशकले बताए ।

यसको छायाङ्कन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ । यसको छायाङ्कनको समयमा नेपाली चलचित्रमा खासै प्रयोग नगरिएको ’मिनेचर सेट’ र ’प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक शङ्कर कार्कीले बताए ।
अभिनेता पुष्पलले यो फिल्ममा आफूले चार किसिमको लुक्समा र चुनौतीपूणर् भूमिकामा अभिनय गर्नुपर्ने बताए । उनले निर्देशकको सोचलाई पूरा गर्न आफूले सके जति मेहनत गर्ने जनाए ।

फिल्मको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे (माइकल) हुन् । सुसन प्रजापतिले छायाङ्कन गर्ने यो चलचित्रका निर्माण व्यवस्थापक प्रकाश हमाल हुन् । कुटुम्ब ब्यान्डले ब्याकग्राउन्ड स्कोर दिने फिल्मका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

आर्ट मुभिजको प्रस्तुतिमा डि मिडियाले बनाउने यो फिल्मको रिलिज लक्ष्य २०२४ को डिसेम्बर रहेको छ । फिल्मकी निर्माता आरती शाही हुन् । तारा नेपाली कार्यकारी निर्माता र एशोसियट निर्माता धर्म सुवेदी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha