मल्टीस्टारर ‘पुजार शार्की’को सबै छायाँकन सकियो
मल्टीस्टारर फिल्म पुजार शार्कीको छायाँकन सकिएको छ । सुरु भएको ४८ औं दिनमा फिल्मको सबै सुटिङ सकिएको निर्देशक दिनेश राउतले जानकारी गराएका छन् ।
”दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै फिल्म ‘पुजार शार्की’को सम्पूर्ण छायांकन ४८ औं दिनमा समाप्त भएको जानकारी गराउन चाहान्छु’, निर्देशक राउतले मंगलबार दुई तस्बिर सहित आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन् । साथै उनले छायांकनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने कास्कीकोटबासी लगायत ‘पुजार शार्की’को पूरै टिमप्रति आभार व्यक्त समेत गरेका छन् ।
विकास सुवेदीको लेखन रहेको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहको मुख्य भूमिका छ । साथमा अञ्जना बराइली, परिक्षा लिम्बुको पनि अभिनय छ । फिल्मलाई संगीतकार सुभाष भूषालले निर्माण गरेका हुन् । घोषणा भएसँगै यो फिल्म चर्चामा र प्रतिक्षामा छ ।