‘लभ डायरीज’मा सुशिलको सुगठिलो शरिर
फिल्म ‘लभ डायरीज’ का लागि नायक सुशिल श्रेष्ठले सुगठिलो शरिर बनाएका छन् । तस्बिरहरु हेर्दा प्रष्ट हुन्छ कि सुशिलले निकै मिहेनतका साथ आकर्षक ‘वडी’ बनाएका छन् । उनको ज्यान हेर्दा जोही लोभिने पक्का छ । पर्यटकीय नगरी सौराहबाट ‘लभ डायरीज’का केही ‘एक्सक्लुसिभ’ तस्बिरहरु बाहिरिएका हुन् ।
‘लभ डायरीज’ मा सुशिलले एक ‘विज्नेसम्यान’को छोराको भूमिका निभाइरहेका छन् । यसमा मोज मस्तीसँगै संघर्षको कथा पनि छ, सुशिलले आफ्नो भूमिका बारे छोटकरीमा भने । सुशिलको अपोजिटमा नव नायिका रुविना थापा प्रस्तुत भएकी छन् । रुविना भने एक साधारण युवतीको भूमिकामा प्रस्तुत भएकी छन् । फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।
निर्देशक चौधरीले ‘लभ डायरीज’ नाम जस्तै फिल्म रहेको बताए । दुई वर्षदेखी यही फिल्मका लागि खटिएको छु निर्देशक चौधरीले भने । चितवन पनि फिल्मको कथाकै मागेअनुसार रहेको उनले बताए । फिल्मको सत्तरी प्रतिशत छायाँकन झण्डै चितवनमा हुनेछ । सुशिल र रुविना सँगै फिल्ममा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे मुख्य भूमिका रहेका छन ।
साहिल खान एसोसियट निर्देशकको रुपमा रहेको छन् भने साहिल र मिलन श्रेष्ठले फिल्मलाई सम्पादन गर्ने छन् । विनोद सापकोटाको निर्माण, विवी ढकालको सह निर्माण रहको छ । ‘लभ डायरीज’मा संजय लामाको छायांकन, अर्जुन पोखरेल संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।