जितु नेपाल ‘ज्वाइँ साब’ बन्दै , तिहारमा फिल्म रिलिज
फिल्म ‘ज्वाइँ साब’ को केन्द्रिय भूमिकामा कलाकार जितु नेपाल अनुवन्धित भएका छन् । कलाकार नेपालसँग यसै साता कागजी संझौता गरेको हो ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई फिल्मको मुख्य भूमिकामा अनुवन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए । यो फिल्मलाई लिएर आफू पनि निकै उत्साहित रहेको जितुको भनाई छ । उनले पछिल्लो पटक ह्यारी कि प्यारी मा अभिनय गरेका थिए ।
यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । फिल्ममा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता बिजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।
यसैबिच, निर्माणपक्षले फिल्मको प्रदर्शन मिति समेत तय गरेको छ । यो फिल्मलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्मको छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ ।
फिल्म ज्वाइँ साब रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुँदैछ ।