find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नेपालमा जस्तै मध्यपूर्वमा पनि ‘महाजात्रा’ आक्रामक

फिल्म ‘महाजात्रा’ ले नेपालमा जस्तै विदेशमा पनि व्यावसायिक रुपमा आक्रमक बन्दैछ । अष्ट्रेलिया, अमेरिकापछि फिल्मले मध्यपूर्वका देशमा पनि आक्रामक व्यापार गरिरहेको निर्माण पक्षको भनाई छ ।


गत चैत १५ (मार्च २८) देखि मलेसिया, दुबई, बहराइन, ओमान र कतारमा फिल्म प्रदर्शनमा छ । अर्थात् फिल्म नेपाल झैँ प्रचारप्रसार गरेर नियमित शो (बक्सअफिस) मा लगाईएको छ । मध्यपूर्वका देशहरूमा वितरणको अधिकार खरिद गरेको सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन र प्रदर्शन गरिरहेको कन्सेप्ट भिजनका प्रमुख अनिश सिंह ठकुरीले अघिल्ला सबै रेकर्ड तोड्दै ‘महाजात्रा’ ले नयाँ इतिहास बनाउने बताए ।

मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको बताए । ‘हामीले नेपालमा झैँ फिल्मको प्रचारप्रसार गरेर मध्यपूर्वका देशहरूमा नियमित शोमा प्रदर्शन गरिरहेका छौँ । यो किसिमको रिलिज र फिल्ममा दर्शकको उपस्थिति संवत पहिलोपटक भएको हो’, वितरक ठकुरीले भने,‘फिल्म हेर्न समूह समूहमा दर्शक आइरहेका छन् । हेरेकाले नै अन्यलाई हेर्न सिफारिस गरेपछि अहिले मध्यपूर्वमा महाजात्राले अघिल्ला फिल्मको व्यावसायिक सबै रेकर्ड तोड्दै इतिहास बनाउदै छ ।’

साथीभाई इन्टरटेनमेन्ट्सका हरी मोक्तानको बजार व्यवस्थापन र हर्क पोडकास्टको सहयोगमा नेपाली फिल्मको बजारलाई मध्यपूर्वका देशहरूमा थप बलियो बनाइरहेको वितरक ठकुरीले बताए । उनले हालसम्म मध्यपूर्वमा ५ हजार र मलेसियामा पन्ध्रसय दर्शकले फिल्म हेरिसकेको जानकारी दिए । उनका अनुसार सुरुआती चरणमा भएको शो र त्यसमा दर्शकले दिनुभएको प्रतिक्रियाले आगामी दिनमा भव्य व्यापार हुने तय छ ।

‘पहिलो चरणमा नै देखिएको दर्शकको उपस्थितिले हामीलाई उत्साहित बनाएको छ । दोस्रो चरणमा हामीले इतिहास बनाउने छौँ’, वितरक ठकुरीले भने । उनले फिल्म हेर्न दर्शकको चाँप हलमा बढेपछि प्रदर्शन भइरहेको भक्स सिनेमाजले नेपाली फिल्मलाई हेर्ने नजरियामा नै फरक परिरहेको बताएका छन् ।

‘यहाँ वर्षेनी धेरै फिल्म प्रदर्शनमा आउँछन्, तर दर्शकले रुचाएको फिल्म सिमित छन् । यही वर्ष पनि केही फिल्म प्रदर्शन त भए तर दर्शक आएनन्, सोही कारण महाजात्रा बारे पनि प्रदर्शक विश्वस्त थिएनन् । तर, अहिले हलमा दर्शकको उपस्थिति देखेपछि आउँदो समयमा नेपाली फिल्मलाई धेरै सजिलो हुन्छ’, वितरक ठकुरीले भने । उनले विगत दशकदेखि आफूसहितको समूहले नेपाली फिल्मको प्रचार र बजार विस्तारमा गरिरहेको मेहनतको परिणाम प्राप्त हुने थालेको बताए ।

उनका अनुसार मलेसियामा अप्रिल ५ देखि नियमित प्रदर्शन तथा साउदी अरेबिया र कुवेतमा भने अप्रिल १८ सम्ममा प्रदर्शन हुने छ । फिल्मको भारत बाहेकको प्रदर्शन अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्ट्सले मध्यपूर्व झैँ अष्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, क्यानडा, जापान लगायतका देशमा आयोजित अधिकाँस शो ‘सोल्ड आउट’ भएको जनाएको छ । साथै, संयुक्तराज्य अमेरिका र बेलायतमा मध्यपूर्व झैँ नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

फिल्मले पहिलो सातामा नेपालमा ६ करोड २४ लाखको ग्रस कलेक्शनसहित विश्वभर दश करोडको ग्रस कलेक्सन गरेको फिल्म हेर्न दोस्रो सातामा पनि दर्शकको भिड उस्तै छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha