find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘महाजात्रा हेरेर नेताले आत्मालोचना गर्न सक्नुपर्छ’ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फिल्म ‘महाजात्रा’ मनोरञ्जनसँगै संदेशमुलक बनेको बताएका छन् । मङ्गलवार बेलुकी ठमेलको छायाँ सेन्टरमा रहेको क्युएफएक्समा बेलुकीको शो हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई मन पर्ने शैलीको फिल्म बनाएको भन्दै निर्देशक प्रदीप भट्टराई, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीसहितको टिमलाई धन्यवाद दिए ।


‘यो फिल्म मनोरञ्जकसँगै संदेशमूलक बनेको छ । देशमा सुशासन, सम्वृद्धिको कुरा गर्छौँ तर भ्रष्टचार र वेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । नेताहरुले फिल्म हेरेर मम भन्न सक्नुपर्छ’, पूर्वप्रधानमन्त्री भट्टराईले भने,‘राजनीतिज्ञले सत्यलाई स्वीकार्नु पर्छ, तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । म फिल्म हेरिरहदा केही स्थानमा भावुक भएँ, केही स्थानमा आँशु रोक्न सकिन । फिल्म हेरेर आनन्द आयो ।’
उनले यस्ता फिल्मले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयन लगायतका सम्पूणर् पक्ष मन परेको बताए । ‘यो फिल्म आम दर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ । म यसलाई १० मा ८ नम्बर दिन्छु । ढुक्क भएर सपरिवार फिल्म हेर्न आउनुस्’, उनले भने ।

पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया लिन हलमै पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले फिल्ममा मार्फत दिएको संदेशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए । ‘हामीले सक्किने कि सच्चिने ? भन्ने प्रश्न फिल्ममा उठाएका छौँ । यसपटक मनोरञ्जनसँगै फिल्मकर्मीको दायित्व बहन गर्दै हामीले राष्ट्रिय विषयलाई उठान गरेका छौँ । देश र विदेशबाट आइरहेको प्रतिक्रियाले हामीलाई हौसला थपेको छ’, निर्देशक भट्टराईले भने ।

कार्यकारी निर्मातासँगै अभिनेता रहेका रवीन्द्रसिंह बानियाँले फिल्म हलमा सम्पूणर् समुहको दर्शक पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । ‘हामी हल भ्रमणमा पुग्दा नयाँ दर्शक भेटिरहेका छौँ । अधिकाँस हलमा परिवार नै फिल्म हेर्न आएको पाएका छौँ । बच्चा, वृद्धसँगै ह्वीलचेयरमामा नै फिल्म हेर्न आउनुभएको पाउँदा खुसी छौँ र उहाँहरू शो सकेर हलबाट निस्किदै गर्दा हामीलाई दिनुभएको धन्यवाद हाम्रो सबै भन्दा ठूलो सफलता हो’, अभिनेता बानियाँले भने ।

निर्माता म्याक्स दीपेश खत्रीले फिल्म नेपालसँगै विदेशमा समेत उत्तिकै उत्साहजनक व्यापार गरिरहेको बताए । ‘महाजात्रा’ दोश्रो सातामा सफलतापुर्व प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha