‘डिग्री माइला’को लिरिकल गीत ‘किन’ कस्तो छ ?
फिल्म ‘डिग्री माइला’को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक किन गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ राई र आँचल शर्मा बीचको नोकझोकलाई प्रस्तुत गरिएको । गीत :
रामबाबु गुरुङ निर्देशित फिल्म यही चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा चित्रित भएका दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । सिनेमामा आँचल शर्मा दयाको जोडी बनेकी छन् । यो सिनेमालाइै वर्षकै प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर सिनेमाको निर्माण गरेको हो । सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।
फिल्मका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।