find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

तीन स्टारको ‘पुजार सार्की’ जेठ १० देखि विश्वभर रिलिज

तीन स्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको फिल्म ‘पुजार सार्की’का दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ । फिल्म आगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन विश्वव्यापी रिलिज हुनेछ ।

फिल्मका निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ फिल्म रिलिज हुने स्पष्ट पारे । राउतले भने, “निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको सल्लाह बमोजिमको कार्यतालिका अनुसार यो मिति तय गरिएको हो। हामीले नेपाल सहित विश्वव्यापी रूपमा एकसाथ चलचित्र रिलिज गर्नुपर्ने र हाम्रो कार्य तालिका अनुसारको उपयुक्त मिति जेठ १० गते नै हुन आएको कारण सो मितिमा चलचित्र रिलिज हुनेछ।”

समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने योजनामा रहेका निर्देशक राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । फिल्मको पोस्टर फगत प्रचार मात्र नभई तिनमा कथा समावेश हुनु जरुरी छ। ‘पुजार सार्की’का दुवै पोस्टरले कथा पेस गरिरहेका छन्। फरक शैलीमा फिल्म मार्फत कथा भन्ने क्षमता राख्ने निर्देशक राउतले सार्वजनिक पोस्टरहरूमा समेत चलचित्रको कथा सार झल्काएका छन् । यी पोस्टरले यस चलचित्रप्रति थप उत्सुकता बढाइदिएको छ ।

यस फिल्ममा अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्। सार्वजनिक दुवै पोस्टरमा अभिनेत्रीहरू भने छैनन्। अभिनेत्रीहरूको पात्र झल्काउने पोस्टर पुनः सार्वजनिक गर्ने निर्देशक राउतले बताए। मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ फिल्ममा आउन लागेको खबर बाहिरिएदेखि नै ’पुजार सार्की’ चर्चामा रहँदै आएको छ। यो चलचित्रले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ। यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ’प्रकाश’मा सहकार्य गरेका थिए। ’प्रसाद’, ’क्लासिक’, ’नोभेम्बर रेन’, ’प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । एक दर्जन फिल्ममा सङ्गीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha