ऋचा शर्मा माथि एक नायिकाले लगाइन् यस्तो आरोप
फिल्म ‘फिर्के’ की नायिका क्रिष्टिना पौडेलले नायिका ऋचा शर्माबाट आफु शोषित भएको सामाजिक सञ्जालमा मार्फत खुलाएकी छन् । नायिका पौडेले आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन्, ‘फिर्के मा ऋचा शर्मासँग काम गर्दा मैंले खराब अनुभव भयो । उनको खराब बानीले म शोषणमा परें ।’ क्रिस्टिनाको स्टाटस यस्तो छ :
केही फिल्महरुमा अभिनय गरेकी क्रिस्टिनाले नायिका शर्माको मानसिक अवस्था स्वस्थ नभएको समेत उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘उनको मानसिक अवस्था निको होस्, गेट वेल सुन !’ के साँच्चै ऋचा शर्माले नायिका पौडेल माथि शोषण नै गरेकी हुन् त ? उनले फेसबुक स्टाटसमा लेखे जस्तो ऋचा खराब नै हुन् त ? ऋचा यस बारेमा के भन्छिन् ?
‘त्यस्तो केही भएको छैन्, ‘यो सब पब्लिसीटि स्टन्ट हो’, ऋचा भन्छिन्, ‘त्यसैले यस बारेमा धेरै बोल्न आवश्य छैन ।’ कलाकार सुलेमान शंकर ईकुको निर्माण तथा अभिनय रहेको फिल्म फिर्के यही पुष २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । जसमा नायिका शर्माको पनि अभिनय छ । क्रिस्टिना भने अहिले प्रेमीसँग नर्वेमा छिन् । ऋचासँगको लफडा केही समय अगाडी फोटोसुट गर्दाको हो ।