find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मनसरा’ कविता कन्सर्ट पश्चात क्रिकेट मैदानतिर

उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ यो शुक्रबारबाट रिलिज हुँदैछ । निर्माण युनिटले प्रचारका लागि फरक-फरक शैली अपनाइरहेको छ । यस्तैमा दर्शक र कविता प्रेमीहरुबाट न्यायो साथ पाएको यो युनिट आफ्नो प्रचार प्रसारका लागि क्रिकेट मैदानमा पनि उपस्थित भएको छ ।


शनिबार नेपाल र वेस्ट इण्डिज’ए’बीच भएको खेलमा निर्माणपक्षले आफ्नो प्रत्यक्ष उपस्थिति जनायो । दुई देशबीच हिजो भएको रोमाञ्चक भिडन्तमा नेपालले दुई बल बाँकी छँदै इण्डिजमाथि जित दर्ता गर्‍यो । यस क्रममा गुल्सन झाले अन्तिममा लगातार दुई चौका प्रहार गरे । झाले प्रहार गरेका यी चौकाले नेपाललाई दुई बल बाँकी छँदै जित दिलायो ।

उनको यो सटका लागि ‘मनसरा’ले नगद १० हजार रुपैयाँको ‘सट अफ द डे’ प्रदान गर्‍यो । उनलाई यो पुरस्कार ‘मनसरा’का निर्माता-सिनेम्याटोग्राफर शैलेन्द्र ध्वज कार्कीले प्रदान गरे । सिनेमा वैशाख २१ गते रिलिज हुँदैछ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान सिनेमाको डिजिटल पार्टनर हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha