ट्रेन्डिङको पहिलो नम्वरमा ‘पुजार सार्की’को प्रोमो
मल्टीस्टारर फिल्म पुजार सार्कीको प्रोमो युटुव ट्रेन्डिङको शिर्ष स्थानमा छ । पन्ध्र लाख बढी भ्युज सहित दिनेश राउत निर्देशित फिल्मको ट्रेलर मुभिज अन्तर्गत पहिलो नम्वरमा पर्न सफल भएको हो । प्रोमो :
फिल्म ‘पुजार सार्की’को प्रोमोलाई ट्रेन्डिङ र भ्युजको सफलता सहित प्रतिक्रिया समेत सकारात्मक आइरहेको छ । अभिनेता प्रदीप खड्काको पात्रलाई दर्शकले औधी रुचाएका छन् भने आर्यन सिग्देल, पल शाह, अञ्जना बराइली, प्रेक्षा लिम्बु लगायत कलाकारले पनि प्रोमोबाट प्रशंसा पाइरहेका छन् ।
फिल्ममा आर्यन, प्रदीप र पलको मुख्य भूमिका छ । यी तीन स्टार एकसाथ पर्दामा प्रस्तुत भएरपनि फिल्मप्रति दर्शकको चासो छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई सुभाष भूषालले निर्माण गरेका हुन् । प्रोमोले १० गतेका लागि पुजार सार्कीप्रति प्रतिक्षा बढाएको छ ।