find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गाउँ आएको बाटोको टिजर रिलिज

जेठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’को टिजर रिलिज गरिएको छ । नविन सुब्बा निर्देशित फिल्ममा दयाहाङ राई, पशुपती राई र प्रशन राईको मुख्य भूमिका छ । टिजर :

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा गाउँले जीवन, उकाली ओरोली, सहरप्रतिको बालकको जिज्ञासा र गाउँमा सडक पुग्दाको खुसी समेटिएको छ । टिजरले सिनेमाको सारांश बुझाउने प्रयास गर्दै परम्परागत जीवनशैली र आधुनिक परिवर्तनबीचको संघर्ष फिल्मको कथा भन्ने संकेत गरेको छ ।

फिल्मको टिजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले फिल्मले गाउँमा गाडी सँगै धेरै कुरा आएको र त्यसपछि त्यसैले गाउँबाट धेरै कुरा लगेको पनि बताए । ‘गाउँमा गाडी बाटो आयो बाटोसँगै गाडी आयो । त्यसले गाउँबाट धेरै कुरा लग्यो होला भन्ने लाग्छ,’ उनले भने, ‘यही कुरा नै यो सिनेमाको कथाले भन्ने प्रयास गरेको छ । गाउँमा सडक पुगेपछिको कथा र परिवर्तन यो सिनेमाले भन्नेछ ।’


उनले विश्वका धेरै महोत्सवमा पुगेर विश्वभरका दर्शकको माया पाएको सिनेमाले अब स्वदेशी दर्शकको पनि माया पाउनेमा अपेक्षा र विश्वास रहेको बताए । ‘हामीले विश्वभरका दर्शकको माया पाइसकेका छौँ । अब हाम्रा नेपाली दर्शकको पनि त्यस्तै माया पाउने आशा छ,’ उनले भने ।

फिल्म ‘गाउँ आएको बाटो’ विश्वका प्रतिष्ठित फिल्म महोत्स्वहरुमा सहभागी भैसकेको छ । फिल्मको पटकथा लेखनमा निर्देशक सुब्बासँग महेश राईले सहकार्य गरेका छन् । छायाँकन जोश हेरुमले गरेका हुन् ।

मेन्छेम पिक्चर्स र बासुरी फिल्मसको संयुक्त प्रस्तुतीमा निर्माण भएको फिल्म ‘गाउँ आएको बाटो’ले एउटा गाउँको सडक यात्राको कथा भन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha