‘दान्भी’को गीतमा कुन्साङसँग रोमान्टिक पूजा
पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको गीतमा अभिनेत्री शर्मासँग नव नायक कुन्साङ बोमजोन रोमान्टिक देखिएका छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ । गीत :
सार्वजनिक फिल्मको यो गीतमा सुरेश लामा र ममता गुरुङको स्वर छ । संगीत अर्जुन पोखरेल र शब्द प्रदिप प्रखर पोखरेलको छन् । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह-निर्माताको रुपमा छन् ।
फिल्ममा सन्जोग कुवँर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । एक्सन लभ स्टोरी फिल्म दान्भी आउँदो असार ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।