१३ वर्षपछि असार ७ गते पुनः प्रदर्शनमा आउँदै ‘आचार्य’
फिल्म ‘आचार्य’ १३ वर्षपछि पुनः पदर्शनमा आउने भएको छ । गत शनिबार राजधानीमा प्रेसमिट गर्दै आगामी असार ७ गतेबाट फिल्म पुनः प्रदर्शनको ल्याइने जानकारी दिइयो ।
गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्मलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले सिनेमा प्रदर्शन गर्नेछ । फिल्ममा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले निवार्ह गरेका छन् । उनी फिल्मका निर्माता पनि हुन् । पहिलो पटक फिल्म रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाई छ । उनका अनुसार, नयाँ फिल्म जस्तै गरी रिलिज गरिनेछ । फिल्मको ट्रेलर यसै साता ट्रेलर रिलिज हुँदैछ । असार ५ गते राजधानीमा फिल्मको भव्य प्रिमियर शोको आयोजना गरिनेछ ।
प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको फिल्ममा सत्यराज सहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरुप फिल्म पुनः रिलिज गर्न लागेको छोरा स्वरुपराज आचार्यले बताए । ‘सायद त्यो बेला यो फिल्मका लागी सही समय थिएन होला । अहिले एकदमै उपयुक्त समय लागेकाले फिल्म पुनः रिलिज गर्न लागिएका हो’, उनले भने ।
२०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो फिल्मले देखाउँछ ।फिल्ममा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा फिल्म निर्माण गरिएको छ ।