पुजार र मैतबहादुरको मित्रता (६ तस्बिर)
अभिनेताद्वाय आर्यन सिग्देल र प्रदीप खड्काले पहिलो पटक फिल्म ‘पुजार सार्की’को एकसाथ अभिनय गरे । पर्दामा उनीहरु क्रमशः पुजार र मैतबहादुरको भूमिकामा प्रस्तुत गरेका छन् । पर्दामा उनीहरुको मित्रता लोभलाग्दो छ ।
पर्दामा जस्तै आर्यन र प्रदीपको मित्रता पर्दा बाहिर पनि उस्तै देखिन्छ । उनीहरु ‘पुजार सार्की’को प्रचार प्रसारमा सबै जसो ठाउँमा सँगै उपस्थित थिए । फिल्म प्रदर्शन पश्चात् पनि हलहरुमा आर्यन र प्रदीप बिहिबार बिहानी शोबाटै सँगसँगै छन् ।
अझ रमाइलो कुरा त आर्यनले दर्शकसँग मैतबहादुर (प्रदीपको पात्र) मन पर्यो हैन ? भन्दै सोधिरहेका थिए । यसले पनि प्रदीप प्रति आर्यन माया र मित्रता प्रष्ट हुन्थ्यो । यसमा प्रदीप कृतज्ञ र दंग देखिन्थे ।
दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ले दर्शकबाट प्रशंसा पाइरहेको छ भने सुरुवाती व्यापार राम्रो गरिरहेका छ । फिल्ममा आर्यन र प्रदीपसँगै पल शाह, अञ्जना बराइली र परिक्षा लिम्बुको मुख्य भूमिका छ ।
यिनै मिल्ने पुजार सार्कीका पुजार र मैतबहादुर आर्यन र प्रदीपलाई ६ तस्बिरमा हेर्नुस् ! तस्बिर : उद्धव रसाइली
ड्रेस डिजाइन : विश्व गौतम (विश्व क्रियशन)