भाग्यमानी ‘पुजार सार्की’का अञ्जना र परिक्षा (फोटो एल्बम)
दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ गत बिहिबारबाटसफलताका साथ प्रदर्शन भैरहेको छ । मल्टीस्टारर यो फिल्ममा अभिनेत्रीद्वाय अञ्जना बराइली र परिक्षा लिम्बुले आर्यन र प्रदीपको अपोजिटमा अभिनय गरेका छन् ।
अञ्जना ‘महापुरुष’ डेव्यु हुन् भने परिक्षाले ‘जारी’ र’ छक्का पञ्जा ४’ जस्ता सफल फिल्महरुमा अभिनय गरेकी छन् । उनीहरु अन्य फिल्महरुमा समेत अनुबन्धित भएका छन्, जस्को छायाँकन यसै महिनादेखि गर्ने तयारी छ ।
‘पुजार सार्की’मा उनीहरुले आफ्नो भूमिकालाई न्याय गरेका छन् । फिल्मको व्यापारसँगैसमिक्षा समेत सकारात्मक भएपपछि अञ्जना र परिक्षा लक्की (भाग्मयमानी) सावित भएका छन् ।
तस्बिर : उद्धव रसाइली