जापानका दर्जन बढी शहरमा ‘ह्रस्व दीर्घ’ रिलिज हुने
फिल्म ‘ह्रस्व दीर्घ’ले जापानमा राम्रो शो सहित प्रदर्शनमा आउने भएको छ । अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म यही कार्तिक ३० गतेबाट प्रदर्शन हुँदैछ ।
चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाका लगायत जापानका विभिन्न चौधवटा शहरमा ‘ह्रस्व दीर्घ’ सोल्ड आउट भयको छ । नेपाल र इन्डियाका कलाकारको अभिनयका कारण राम्रो हाइप बनाइरहेको सिनेमाले ले जापानमा राम्रो शो पाउने भएको हो ।
यसैबीच, निर्माण टिम यतिवेला प्रचार प्रसारको दौडधुपमा छ । अहिले विभिन्न मिडियादेखि सिनेमाको प्रचार हुने हरेक कार्यक्रममा कलाकारहरू पुगिरहेका छन् । फिल्म ‘ह्रस्व दीर्घ’ मा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा लगायत कलाकारको अभिनय छ । ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय ब्रह्मानन्दम, सुनील वर्माले समेत अभिनय गरेका छन् ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । फिल्मको प्रोमो यसै साता सार्वजनिक गरिंदैछ ।