सौगात र गरिमाको ‘जन्ते बाख्रो’ मुर्हत
सौगात मल्ल र गरिमा शर्मा स्टारर फिल्म ‘जन्ते बाख्रो’को मुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । मन्दिरमा सौगात र गरिमाले मुर्हत सट दिए ।
सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।
बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ । फिल्मलाई हरि हुँमागाईले खिच्ने छन् । फिल्मको छायाँकन यही पौष २० गतेबाट सुरु हुनेछ ।