find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘माया प्रीति’ निर्माण गर्दै निशा अधिकारी

अभिनेत्री निशा अधिकारी फिल्म निर्माण ब्याक भएकी छन् । झ्यानाकुटी पश्चात् निर्मात्री अधिकारीले माया प्रीति नामक फिल्म बनाउने भएकी हुन् । यस्को शुक्रबार औपचारिक रुपमा घोषणा गरिएको हो।


वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने ‘माया प्रीति’ लाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा निशासँगै सन्तोष कुमार कार्की छन् भने फिल्मको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन्। ‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो । यस फिल्मको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन्।

निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल्यलाई एकसमान राख्छ । “सहज परिस्थितिमा त जसले पनि प्रेम गर्न सक्छ, तर यो कथा त्यस्ता पात्रको हो, जसले असहज परिस्थितिमा पनि सहजताका साथ प्रेमलाई बचाउँछ,” श्रेष्ठले चलचित्रको कथाबारे बताए । यस फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरेका थिए । उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा पनि काम गरेका छन्।

प्रणव जोशी चर्चित फिल्म ‘रेशम फिलिली’का निर्देशक हुन्, जो यस पटक ‘माया प्रीति’का क्रिएटिभ निर्देशकका रूपमा रहनेछन् । उनी एक कुशल एआइ कलाकार पनि हुन् । अभिनय यात्रामा थुप्रै हिट चलचित्रमा काम गरेकी लोकप्रिय अभिनेत्री निशा अधिकारी यस चलचित्रमा कार्यकारी निर्माताको रूपमा रहेकी छन् । त्यस्तै, कार्यकारी निर्माताको रूपमा नै फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन्।

‘माया प्रीति’ मार्फत फिल्म निर्माण सुरु गरेको वन टू थ्री स्टुडियोजले आगामी दिनमा लगातार अन्य फिल्म निर्माण गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha