भिनाजुको घरमा जन्मिएको ‘फिर्के’
यही शुक्रबार बाट प्रदर्शनमा आउने फिल्म ‘फिर्के’ ले गाउँबाट शहर पस्ने युवा पुस्ताको कथा बोल्ने फिल्मका कलाकार तथा निर्माता सुलेमान शंकर अर्थात् ईकुले बताएका छन् । उनले फिल्मको नाम पनि रोचक तरिकाले जुराएको खुलाए ।
उनले भने, ‘हामीले फिल्मको कथा तयार पारिसकेका थियौं । तर, नाम के राख्ने भनेर हामीले धेरै सोच्यौं । र, धेरै नाम पनि आए तर कथाअनुसार हामीले खोजेको नाम पाउँन सकेनौं’, उनी थप्छन्, ‘यस्तैमा म भिनाजुको घरमा जाने क्रममा बुद्धि सागरको ‘फिरफिरे’ भन्ने पुस्तक देखेँ । त्यसपछि फिरफिर’ राख्ने कुरा आयो । तर त्यो पनि उचित लागेन । यस्तैमा ‘फिर्के’ नाम मेरो दिमागमा जन्मियो ।’ उनका अनुसार ‘फिर्के’ भनेको गाउँबाट घुमाई घुमाई शहरमा लैजानु अर्थात् एउटा निचोडमा लैजानु हो । सुलेमानसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :
‘फिर्के’ लाई रवि डंगोलले निर्देशन गरेका हुन् भने फिल्ममा उनी सहित अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्जवल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।यस्तै यो फिल्मले सेन्सरले युनिभर्स प्रमाण पत्र उपलब्ध गराएको छ । यो फिल्मलाई हरेक उमेर समुहका दर्शकले हेर्न सक्नेछन् ।