अनमोल नम्वर वान : ‘यति यति पानी’ ट्रेन्डिङ
अन्ततः युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ को क्लब सङ्ग नेपाल युट्युवको ट्रेन्डिङ नम्वर एकमा आएको छ । फिल्म ‘कृ’ मा समावेश ‘यति यति पानी गंगै रानी’ गीतको भिडियो अपलोड गरिएको तीन दिनमा नम्वर वान ट्रेन्डिङमा उक्लिएको हो । पहिलो नम्वरमा रहेको कार्टुञ्ज क्रुको भिडियो र दोश्रो नम्वरमा रहेको फिल्म ‘सत्रु गते’ को ‘रुपै मोहनी’ गितको भिडियोलाई पछि पार्दै ‘कृ’ को गीत पहिलो नम्वरमा आउन सफल भएको हो । १९ लाख भ्युज पाएको यस गीतको भिडियोले चार हजार बढी त प्रतिक्रिया मात्रै पाएको छ । भिडियो हेर्नुस् :
भुवन केसी र सुवास गिरी निर्मित ‘कृ’ मा अनमोल पहिलो पटक एक्सन अवतारमा प्रस्तुत भएका छन् । उनको अपोजिटमा नव नायिका अदीति बुढाथोकी प्रस्तुत भएकी छिन् । सुरेन्द्र पौडेल निर्देशित फिल्मको प्रोमोले तहल्का मच्याइसकेको छ भने गीत पनि ट्रेन्डिङ नम्वर एकमा आएको छ । यसले के देखाउँछ भने माघ २६ मा दर्शकको भिड हल उर्लिनेछ ।