‘बटरफ्लाई’ बाट आशावादी आर्यन
पहिलो फिल्म ‘के म तिम्रो होइन र’ बाट नायक आर्यन अधिकारीले नेपाली फिल्म क्षेत्रमा राम्रै सम्भावना देखाएका थिए । विशेष गरी एक्सन नायकको रुपमा स्थापित हुने सम्भावना देखाएका आर्यन अभिनित फिल्म ‘बटरफ्लाई’ यही शुक्रबार पौष २८ देखि प्रदर्शनमा आउँदैछ । दोश्रो फिल्म एक्सन नायकका लागि कतिको महत्वपूर्ण छ त ?
‘बटरफ्लाई’ मेरो लागि निकै महत्वपूर्ण छ’,आइतबार आयोजित फिल्मको प्रेसमिटमा आर्यनले भने,’मेरो करिअर र फिल्म युनिटको लागि पनि फिल्म चल्नु पर्छ भन्ने मलाई लाग्छ । उनले ‘बटरफ्लाई’ राम्रो बनेको र दर्शकले फिल्म रुचाउने विश्वास व्यक्त गरे । गीत हेर्नुस् :
ओम प्रतिक गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा आर्यन, प्रियंका कार्की र अर्पण थापाको मुख्य भूमिका रहेको छ । फिल्मको ‘म गाउँदिन गीत गजल’ गीतलाई रुचाइएको छ ।