मुन्द्रेले ७ लाखमा साइन गरे पूजा र सुदर्शनको फिल्म
निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गर्ने नयाँ फिल्ममा मुन्द्रेको नामले चर्चित हाँस्य व्यांग्य कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । केदार घिमिरे ‘माग्ने बुढा’, विल्सन विक्रम राई ‘तक्मे बुढा’ र कलाकार रविन्द्र झापछि सुदर्शन र पूजाको फिल्ममा मुन्दे्र अनुबन्धित भएका हुन् ।
माग्ने बुढालाई दश लाख पारिश्रमिक दिएका सुदर्शन र पूजाले मुन्द्रेलाई चाहिं कति पारिश्रमिक दिए त ? ‘सात लाखमा जितु जीले फिल्म खेल्ने सम्झौता गर्नु भयो’, निर्देशक थापाले भेन । जितुले पनि आफुले पारिश्रमिक रकम सात लाख लिएको स्विकार गरे । आफ्ना अघिल्ला फिल्महरुमा भन्दा भूमिका भिन्न हुने जितुले बताए ।
माग्ने बुढालाई भन्दा मुन्द्रेलाई ३ लाख पारिश्रमिक रकम कम दिएको बारे निर्देशक तथा निर्माता थापाले भने, ‘उहाँको भूमिका अनुसार पारिश्रमिक दिएका हौं । केदार जी भन्दा जितु जीले फिल्मका लागि केही साता कम समय दिनुपर्नेछ ।’
नाम र मुख्य नायक पक्का हुंन बाँकी फिल्ममा नायिका पूजा शर्मा सोलो नायिकाको रुपमा प्रस्तुत हुँदैछिन् । कमेडी लभ स्टोरी फिल्ममा आफ्नो भूमिका फरक हुने पूजाले बताइन् । अर्जुन पोखरेलेको संगीत रहने फिल्मको छायाँकन माघको अन्त्यदेखि सुरु हुनेछ ।