समाचारमा जस्तो फिल्मको व्यापार छैन : चलचित्र संघ
बुधवार बसेको चलचित्र संघको कार्य समिती बैठकले सार्वजिनक भैरहेका फिल्मकोे अत्याधिक गलत व्यापारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्चार माध्यमका समाचार सम्प्रेषण भए अनुरुप नेपाली फिल्मको व्यापार नभएको निकष्र्ष संघको बैठकले निकालेको हो ।
आइन्दा यस्ता किसिमका अनर्गल प्रचार प्रसारले नेपाली फिल्म क्षेत्रलाई प्रतिकुल असर पर्ने भन्दै यस प्रकारका अनर्गल प्रचार प्रसार नगरी फिल्मको सत्य तथ्य र यथार्थपरक ब्यापारिक रिर्पोट गर्न संघका अध्यक्ष प्रदिप कुमार उदयले बताए । यस्तै संघको ४५ आँै बार्षिक साधारण सभा आगामी चैत्र ६ गते बुटवलमा सम्पन्न हुने भएको छ । कार्यसमिती बैठकले ४५ औँ साधारण सभा बुटवलमा गर्ने निर्णय सर्व सम्मतले पारित गर्दै कार्य समिती सदस्य कपिल प्रसाद द्धावको संयोजकत्वमा साधारण सभालाई सभ्य र भव्य बनाउनको लागी ७ सदस्यीय साधारण सभा तयारी समिती गठन गरिएको छ ।