१०/७ लाखको कहानी, ‘कलाको मूल्य हुँदैन’ : माग्ने-मुन्द्रे
यतिबेला फिल्म नगरीमा निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले बनाउन लागेको फिल्म ‘रामकहानी’ को चर्चा छ । चर्चित हाँस्यव्यांग्य कलाकारद्वाय केदार घिमिरे ‘माग्ने बुढा’ र जितु नेपाल ‘मुन्द्रे’ ले फिल्म वापत लिएको पारिश्रमिकलाई लिएर चर्चा सुरु भएको हो । ‘रामकहानी’मा माग्ने र मुन्द्रेको पारिश्रमिकको खास कहानी के हो त ? यो भिडियो हेर्नुस् :
‘रामकहानी’ बाट माग्ने बुढाले दश लाख र मुन्द्रेले सात लाख लिएका छन् । एकै फिल्मबाट यति मोटो रकम किन त ? माग्ने र मुन्द्र एकै स्वरमा भन्छन्, यो पैसाको कुरालाई ठुलो विषय नबनाउँ । कलाको त मुल्य नै हुँदैन नि । उनीहरुले पारिश्रकिलाई ठुलो विषय नबानाउन आग्रह गरे । टिम र स्क्रिप्ट मन परेर फिल्म खेल्न राजी भएको उनीहरुले दाबी गरे । यस्तै माग्ने र मुन्द्रको पारिश्रमिक भिन्नता बारे नायिका तथा निर्मात्री शर्माले भनिन्, ‘उहाँहरुको भूमिका र फिल्ममा उहाँहरुले दिने समयलाई लिएर पारिश्रमिक दिइएको रकम हो ।’
‘रामकहानी’मा निर्देशक थापाले पूजाको जोडीको रुपमा नायक आकाश श्रेष्ठलाई रोजेका छन् । फिल्मको फागुन १ देखि छायाँकन सुरु गरेर भदौ २२ गते दर्शकमाझ ल्याउने घोषणा गरिएको छ । फिल्ममा अर्जुन पोखरेले संगीत दिएका छन् ।